काठमाडौं-आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पे मा ‘क्यासब्याकको वर्षा’ अभियान सार्वजनिक गरेको छ। यसै सन्दर्भमा, यो हप्ता असार ३ देखी आइएमई पे ले एअरलाईन्समा क्यासब्याक स्किम ल्याएको छ।
एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखि साँझको ६ बजेसम्म कुनै पनि एअरलाईन्सको टिकट काट्दा २०० रुपैयाँसम्म क्यासब्याक पाउने छन्।
यस अवधिमा हवाइ टिकट लिने ग्राहकले प्रोमोकोडहरुको प्रयोग मार्फत क्यास ब्याक पाउने कम्पनीले जनाएको छ। यो अफर असार ९ सम्मका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ।
