काठमाडौँ: संवैधानिक परीषद्ले रोलक्रमअनुसार चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेपछि कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ। बारले शुक्रबार आकस्मिक बैठक बोलाएको हो।
बार अध्यक्ष प्राडा विजय मिश्रले शुक्रबार दिउँसो २ बजे बैठक बोलाइएको जानकारी दिए। बैठकपछि बारले प्रधानन्यायाधीश सिफारिसबारे औपचारिक धारणा सार्वजनिक गर्ने उनले बताए।
प्रधानन्यायाधीश नियुक्ति ज्येष्ठताको परम्परामा आधारित हुने गरेकोमा यसपटक नेपालको न्यायिक इतिहसमा त्यो परम्परा ढलेको हो। पहिलोमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल रहेकोमा दोस्रोमा कुमार रेग्मी र हरिप्रसाद फुयाल रहेका थिए।


