२०८३ कार्तिक १३ गते बिहिबार

धनगढीका मेयर हमालले ४४ लाख रुपैयाँ समाजसेवामा खर्चिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २५
gopi-hamal

धनगढी: धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले मेयर भएपछि प्राप्त हुने सेवा सुविधा शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने भएका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै मेयर हमालले ५ वर्षमा प्राप्त हुने पारिश्रमिकमा ५ लाख थपेर ४४ लाख रुपैयाँ विपन्न तथा जेहन्दार विद्यार्थीको पढाइमा खर्च गर्ने बताएका हुन्।

हमालले पाँच आर्थिक वर्षमा ३८ लाख ८२ हजार आठ सय ७३ रुपैयाँ सेवा सुविधाबाट प्राप्त गरेको र बाँकी रकम आफ्नो व्यक्तिगत थप गरेर ४४ लाख पुर्‍याउने बताएका छन्। हमालले सार्वजनिक शिक्षाको विकास तथा विपन्न वर्गको शिक्षामा पहुँच स्थापना, गौ–संरक्षण तथा व्यवस्थापन र सामाजिक विकासका क्षेत्रहरूमा सेवा सुविधाको रकम वितरण गर्दै आएका छन्।

आर्थिक वर्ष २०७८/७९ मा नगर प्रमुख हमाललेद एक लाख ३७ हजार २ सय ७३ रुपैयाँ सेवा सुविधाबाट प्राप्त गरेका थिए। सो मध्य गौ–संरक्षणका लागि ५५ हजार ६ सय ८७ र दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालयलाई ८१ हजार पाँच सय ८६ रुपैयाँ सहयोग गरेका थिए।

आर्थिक वर्ष २०७९/८० मा नौ लाख ३६ हजार चार सय रुपैयाँ सेवा सुविधाबाट पाएका नगर प्रमुख हमालले दृष्टि फाउन्डेसन, मानव सेवा आश्रम, आमाको माया छात्रावास, अपाङ्ग संघ, दक्षिणकाली बहिरा विद्यालय, पञ्चोदय माध्यमिक विद्यालयलाई वितरण गरेका थिए। उनले २ लाख ६७ हजार आठ सयको सो आर्थिक वर्षमा लुगा सहयोग गरेका हुन्। नगर प्रमुख हमालले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार २०८०/८१ म नौ लाख ९२ हजार ६ सय पाँच रुपैयाँका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।

यो आर्थिक वर्षमा नगर प्रमुख हमालले नै लाख ३६ हजार चार सय रुपैयाँ सरकारी सेवा सुविधाबाट प्राप्त गरेका थिए। उनले सामुदायिक विद्यालयका तीन हजार चार सय ८९ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री खरिदमा सो रकम खर्च गरेको बताए।

‘ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरू पहिलो प्राथामिक्ताम हुनुहुन्छ, रोजगारीको कुनै सुविधा नभएका क्षेत्रका विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्दै आएको छु,’ मेयर हमालले भने, ‘शिक्षकहरुको सुझावका आधारमा यो काम गर्दै आएको हुँ, बुवाको पाइन्टमा रसी बाँधेर विद्यालय आउने विद्यार्थीहरु देखेपमिछ यो कामको सुरुवात गरिएको हो।’

हमालले आर्थिक वर्ष २०८१/८२ मा नौ लाख ३६ हजार चार सय रुपैयाँ सरकारी सेवाबाट प्राप्त गरेका थिए। उनले १० लाखको शैक्षिक सामाग्री वितरण गरेका छन्।

एक लाख रुपैयाँ व्यक्तिगत र नौ लाख रुपैयाँ सेवा सुविधाबाट पाएको गरेर १० लाख रुपैयाँ ४७ सामुदायिक विद्यालयका सात हजार चार सय ७५ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको उनले बताए। यस्तै चालु आर्थिक वर्षसम्म ३८ लाख ८२ हजार आठ सय ६३ रुपैयाँ सेवा सुविधाबाट पाउनेछन्। उनले हालसम्म २३ लाख ९० हजार आठ सय ८७ रुपैयाँ सामाजिक काममा खर्च गरेका छन।

हाल १४ लाख ८५ हजार एक सय ९५ रुपैयाँ बचत रहेको बताएका छन्। चालु शैक्षिक सत्रमा उक्त सो रकमसमेत खर्च हुने नगर प्रमुख हमालले बताए। हमालले पाँच लाख १७ हजार एक सय २६ रुपैयाँ थप गरेर चालु शैक्षिक सत्रसम्म ४४ लाख रुपैयाँ सामाजिक काममा खर्चै गर्ने बताएका छन। असारसम्ममा थप शैक्षिक सामाग्री वितरणको काम सक्ने नगर प्रमुख हमालले बताए। नगर प्रमुखको निर्वाचनमा सरकारी सेवा सुविधा र सवारी नलिने उनले बताएका थिए।

प्रकाशित: २०८३ बैशाख २५ गते शुक्रबार ११:१८
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना