२०८३ कार्तिक १२ गते बुधबार

कुसुन्तीमा एमजीको सर्भिस सेन्टर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ४
mg kusunti

काठमाडौँ- एमजीको लागि नेपालको आधिकारिक आयातकर्ता तथा वितरक प्यारामाउन्ट मोटर्स प्रा.लि.ले ललितपुरको कुसुन्तीमा आफ्नो अत्याधुनिक सर्भिस सेन्टरको संचालनमाा ल्याएको छ। नेपाली ग्राहकहरुको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न यस सर्भिस सेन्टरको स्थापना गरिएको कम्पनीले जनाएको छ। सर्भिस सेन्टरले एमजीका नेपाली ग्राहकहरुलाई सर्वोत्कृष्ट आफ्टरसेल्स सेवा प्रदान गर्दै उच्चतम अनुभव सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

३२,८५६ वर्ग फिट(६ रोपनी) को क्षेत्रमा फैलिएको यस सर्भिस सेन्टरमा विभिन्न सुविधाहरू रहेका छन्। यस सर्भिस सेन्टरमा थुप्रै सर्भिस एरियाहरू, फराकिला वेटिंग लाउन्जहरू, कस्टमर सर्भिस डेस्कहरू, सुसज्जित मेन्टेनेन्स र रिपेयर सेक्सनहरू, पर्याप्त स्टोरेज स्थानहरू, प्रशासनिक अफिसहरू र अन्य विभिन्न सुविधाहरू उपलब्ध छन्।

ललितपुरको कुसुन्तीमा अवस्थित यस नयाँ सर्भिस सेन्टरले आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अटोमोटिभ प्रविधिहरूमा प्रशिक्षित उच्च दक्ष प्राविधिकहरूको टोली रहेका छन्। एमजीका गाडीहरूलाई उच्च स्तरीय मर्मत तथा वारेन्टी आवश्यकताहरू प्रदान गर्न र ग्राहकहरुलाई व्यापक, सहज तथा प्रभावकारी आफ्टरसेल्स सेवा प्रदान गर्न यस सर्भिस सेन्टरको डिजाइन गरिएको कम्पनीले जनाएको छ।

नयाँ सर्भिस सेन्टरको उद्घाटनको बारेमा बोल्दै प्यारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्याल भने ‘हाम्रा ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने निरन्तर प्रतिबद्धता अन्तर्गत कुसुन्तीमा यस अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन गर्न पाउँदा हामी हर्षित छौँ। यस सर्भिस सेन्टरले ग्राहकवर्गलाई विश्व–स्तरीय अनुभव प्रदान गर्दै सावधानीपूर्वक र विशेषज्ञताका साथ एमजी गाडीहरुसर्भिस गरिनेमा विश्वस्त हुन सकिन्छ।हाम्रो सर्भिस सेन्टरमा ११ बे, हाइइभि दाइग्नोसिस टुल, एक पटकमा ३ कार वासको सुविधा, हाइब्रिड एसी रिकभरी, उच्चतम प्रविधियुक्त पेन्ट बुथ, क्यारोलिनर कोलिजन रिपेर, फ्लुक द्वारा निर्मित आइसोलेटेडटेस्टिंगटुलहरू लगायतएउटाडिसी चार्जर र एउटाएसी चार्जर रहेको छ।’

नयाँ सर्भिस सेन्टरको उद्घाटनसँगै एमजीले नेपालमा आफ्नो उपस्थितिलाई अझ सुदृढ गरेको छ। साथै आफ्ना ग्राहकहरूसँग बलियो सम्बन्ध कायम गर्ने र एमजीका नयाँ ग्राहकहरूलाई ब्रान्डमा स्वागत गर्दै लैजाने लक्ष्य राखेको छ।

प्रकाशित: २०८० असार ४ गते सोमबार १०:४२
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना