काठमाडौँ: सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। सोमबार संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका हुन्।
राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह भने बीचमै उठेर हिँडे। १ घण्टा १० मिनेटमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरिसकेपछि सभामुख डीपी अर्यालले संसद् बैठक अन्त्य भए पनि सांसदहरूलाई राष्ट्रपतिको सम्मानका लागि आ–आफ्नो स्थानमा उभिन निर्देशन दिएका थिए। तर त्यसवेला प्रधानमन्त्रीको कुर्सी भने खाली थियो। सभामुखको निर्देशनअनुसार सांसदहरूले उभिएर राष्ट्रपतिलाई बिदा गरेका थिए।
सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल राष्ट्रपतिलाई बिदा गर्न बाहिरैसम्म निस्किएका थिए।
आफ्नै नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा प्रधानमन्त्री उठेर हिँडेपछि सामाजिक सञ्जालमा त्यसबारे आलोचना भैरहेको छ।


