काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग्दै विपक्षी दलहरूले सदन अवरुद्ध गरेका छन्।
बुधबार बिहान ११ बजे निर्धारित प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि राखेका सवालहरूको जवाफ दिने सम्भावित कार्यसूची थियो। तर प्रधानमन्त्री शाह संसद्मा अनुपस्थित हुँदै ती प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने तयारी गरेका थिए।
सभामुख डीपी अर्यालले ती प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिन भनेका थिए।
लगत्तै प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर सदन अवरुद्ध गरेका हुन्।


