काठमाडौं – पछिल्ला केहि दिनबाट सुरु भएको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संखुवासभाको तुम्लिङटार पुगेका छन्। प्रधानमन्त्री प्रचण्डले आजै ताप्लेजुङ र पाँचथरको पनि अवलोकन गरी काठमाडौं फर्किने कार्यक्रम रहेको छ।
अब प्रधानमन्त्री प्रचण्डले जिल्लाका जनप्रतिनिधिहरुसहित नेपाली सेनाको हेलिकोप्टरमार्फत् बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नेछन्।
अवलोकन गर्ने टोलीमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिका पूर्वाधारमन्त्री प्रकाश ज्वाला र शहरी विकास मन्त्री सीता गुरूङ, एमाले सचिव योगेश भट्टराई, वसन्त नेम्वाङ रहेका छन्।
उनले विभिन्न जिल्लामा भइरहेको राहतका कामबारे पनि जानकारी लिनेछन्। त्यस्तै उनले जिल्लाका सबै सरकारी संयन्त्रलाई उद्धार, राहत र बेपत्ताहरुको खोजी कार्यमा लाग्न निर्देशन दिएका छन्। त्यस्तै उनले पुल भत्किएपछि सम्बन्धविच्छेद भएका ठाउँमा अस्थिाई पुल निर्माण गर्न आदेश दिएका छन्।
