२०८३ कार्तिक १३ गते बिहिबार

बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रचण्ड तुम्लिङटारमा

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार ४
PM-Prachanda-in-Helicopter

काठमाडौं – पछिल्ला केहि दिनबाट सुरु भएको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संखुवासभाको तुम्लिङटार पुगेका छन्। प्रधानमन्त्री प्रचण्डले आजै ताप्लेजुङ र पाँचथरको पनि अवलोकन गरी काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

अब प्रधानमन्त्री प्रचण्डले जिल्लाका जनप्रतिनिधिहरुसहित नेपाली सेनाको हेलिकोप्टरमार्फत् बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नेछन्।

अवलोकन गर्ने टोलीमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिका पूर्वाधारमन्त्री प्रकाश ज्वाला र शहरी विकास मन्त्री सीता गुरूङ, एमाले सचिव योगेश भट्टराई, वसन्त नेम्वाङ रहेका छन्।

उनले विभिन्न जिल्लामा भइरहेको राहतका कामबारे पनि जानकारी लिनेछन्। त्यस्तै उनले जिल्लाका सबै सरकारी संयन्त्रलाई उद्धार, राहत र बेपत्ताहरुको खोजी कार्यमा लाग्न निर्देशन दिएका छन्। त्यस्तै उनले पुल भत्किएपछि सम्बन्धविच्छेद भएका ठाउँमा अस्थिाई पुल निर्माण गर्न आदेश दिएका छन्।

प्रकाशित: २०८० असार ४ गते सोमबार ०२:२९
प्रतिक्रिया

थप समाचार

स्थानीय सरकारले नै अड्काए राहत, ५ महिना बित्दा पनि पठाएनन् पीडितको तथ्यांक

काभ्रेपलाञ्चोक- काभ्रेका स्थानीय तहले बाढी पहिरोबाट क्षति भएको ५ महिना बित्दा पनि पीडितको तथ्याङ्क नपठाएर राहत/अनुदान अड्काइदिएका छन्। जिल्लास्थित विपद् व्यवस्थापन समितिले बैठकमार्फत स्थानीय...

मनसुनी विपद्‍ले दुई महिनामै १९३ जनाको ज्यान लियो, ४९ जना अझै बेपत्ता

काठमाडौँ- नेपालमा यसपालि मनसुन विपदमा परी १९३ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार बिहानसम्म अद्यावधिक गरेको विवरणअनुसार बाढीपहिरो र चट्याङका कारण १९३ जनाको मृत्यु भएको...

मनसुनी विपदमा परी मृत्यु हुनेको संख्या १९० पुग्यो

काठमाडौँ- भारी वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायत मनसुनी विपद्मा परेर १९० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएसँगै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

आज यी स्थानमा हुन सक्छ भारी वर्षा

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ। कोशी, मधेस,...

पहाडै चर्किएपछि तीन सय परिवार जोखिममा

पर्वत – जलजला गाउँपालिका वडा नं ५ लेखफाँटको सिङ्गो गाउँ पहिराको जोखिममा परेको छ। बस्तीभन्दा माथि रहेको लोप्रेको सिङ्गो डाँडै चर्किएर लेदो बग्न थालेपछि गाउँ जोखिममा परेको हो। निरन्तरको वर्षासँगै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना