२०८३ कार्तिक १३ गते बिहिबार

नेताहरूमाथि प्रहार गरेर उदाएका बालेन आफैं उत्तरदायित्वबाट किन भाग्दैछन?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ५
balen-new_e585fe85

काठमाडौं। नयाँ सरकार गठन भएको डेढ महिना पनि पूरा नहुँदै प्रधानमन्त्री बालेन्द्र साहका विषयमा विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन्। सामाजिक सञ्जालमा ‘सिस्टम तोड्ने’ नेताको छवि बनाएका उनी अहिले स्वयं राज्य सञ्चालनको मूल संस्थामाथि असहज प्रश्नको घेरामा उभिएका छन्।

देशले नयाँ प्रधानमन्त्री पाएको डेढ महिना भयो। तर अहिले जनताले सरकारभन्दा बढी एउटा प्रश्न खोजिरहेका छन् ‘प्रधानमन्त्री आखिर कहाँ छन्?’

सिंहदरबारमा उनको नामको नेमप्लेट छ। सरकारी निर्णयमा हस्ताक्षर पनि भइरहेकै छन्। सामाजिक सञ्जालमा समर्थकहरू अझै ‘देश बदलिँदैछ’ लेखिरहेका छन्। तर, संसदले भने प्रधानमन्त्रीलाई खोजिदैंछ।

प्रधानमन्त्री साह चुनावअघि ‘सिस्टम फोड्ने’ नेताको रूपमा प्रस्तुत भए। पुराना दलहरूलाई गाली गरेर, राजनीतिक संस्कारलाई व्यंग्य गरेर र भीडलाई आफ्नो लोकप्रियतामा बदल्दै उनी सत्तासम्म पुगे।

तर सत्ता केवल स्टाटस, र्‍याप र भाइरल भिडियोले चल्दो रहेनछ भन्ने संकेत अहिले देखिन थालेको छ।

वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेल संसदमा सरकारको नीति तथा कार्यक्रम पढिरहेका थिए। संसदको त्यो क्षण कुनै सामान्य कार्यक्रम थिएन त्यो सरकारको औपचारिक दिशा निर्देश गर्ने एक महत्वपूर्ण घोषणा थियो।

तर सरकारकै प्रमुख भने बीचमै उठे र फुत्त बाहिरिए। न कुनै स्पष्ट सूचना, न कुनै औपचारिक संयम, न कुनै राजनीतिक संवेदनशीलता। जसका कारण पछिल्ला दिन संघीय संसदमा नियमित अवरोध भइरहेको छ। विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको चर्को आलोचना गरिरहेका छन्।

राष्ट्रपति पोडियममा उभिएर सरकारको आगामी वर्षको मार्गचित्र सुनाइरहेका थिए, तर सरकारकै नेतृत्वकर्ता भने सभाहल छाड्दै थिए। जुन दृश्य सामाजिक सञ्जालमा सर्वाधिक चासोको विषय बनिरहेको छ।

राष्ट्रपति बोलिरहँदा प्रधानमन्त्री बाहिर निस्किएको दृश्यले धेरैलाई यस्तो प्रश्न गर्न बाध्य बनायो, ‘उनी संसदमा थिए कि केवल उपस्थितिको फोटो खिचाउन आएका थिए?’

त्यो दृश्य केवल एउटा औपचारिक ‘एक्जिट’ थिएन, धेरैका लागि त्यो संसदप्रतिको असहज दूरीको प्रतीक बन्यो। सामाजिक सञ्जालमा भिडियो भाइरल भयो। आलोचकहरूले त्यसलाई ‘अहंकार’, ‘अपरिपक्वता’ र ‘संस्थामाथिको अनादर’ भनेर व्याख्या गरे। समर्थकहरूले भने स्वास्थ्य समस्या देखाउँदै बचाउ गर्न खोजे।

त्यसपछि सुरु भयो ‘स्पष्टीकरणको कमेडी। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले स्वास्थ्य समस्या भन्दै स्टाटस लेखे। केही बेरमै पोस्ट हटाइयो।

पोस्ट हटेसँगै सरकारको विश्वसनीयता पनि डिलिट भयो। यदि प्रधानमन्त्री साँच्चै अस्वस्थ थिए भने राज्यसँग औपचारिक प्रक्रिया थिएन? कि सरकार अहिले फेसबुक स्टाटसबाट चलिरहेको छ?

पोस्ट हटेसँगै प्रश्नहरू झन् बाक्लिए। प्रधानमन्त्रीको अनुपस्थितिलाई सामाजिक सञ्जालको अस्थायी स्टाटसले बचाउन खोजियो?

संसदमा त्यसपछि अर्को बहस सुरु भयो। सांसदहरूले नीति तथा कार्यक्रममाथि गम्भीर प्रश्न उठाए। परम्पराअनुसार प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अपेक्षा थियो। तर सामाजिक सञ्जालमा हरेक विषयमा धारणा दिने प्रधानमन्त्री संसदमा भने देखिएनन्।

अन्ततः उनको सट्टा अर्थमन्त्रीलाई मन्त्रिपरिषद्बाट जवाफ दिने जिम्मा दिइयो। त्यसपछि संसद केही दिन केवल नीति र कार्यक्रमको बहसभन्दा बढी एउटा प्रश्नमा केन्द्रित रह्यो– ‘प्रधानमन्त्री कहाँ छन्?’

सत्तापक्ष असहज बन्यो र प्रतिपक्ष आक्रामक बन्यो। संसदभित्र व्यंग्य सुनिन थाल्यो ‘भेट्नेहरूले प्रधानमन्त्रीलाई संसदमा पठाइदिनुपर्यो।’

यो टिप्पणी केवल ठट्टा थिएन, त्यो लोकतान्त्रिक उत्तरदायित्वमाथिको कटाक्ष थियो। किनभने चुनावअघि व्यवस्था, पुराना दल र ‘जिम्मेवार नभएका नेताहरू’माथि प्रहार गरेर उदाएका बालेन अहिले आफैं उत्तरदायित्वबाट टाढा देखिन थालेका छन्।

यसैगरी उनले सुकुम्बासी बस्ती हटाए। समर्थकहरूले त्यसलाई ‘कठोर तर आवश्यक कदम’ भने। आलोचकहरूले ‘मानवीय संवेदनाहीनता’ भन्दै प्रश्न उठाए। संसदमा त्यसबारे जवाफ मागियो। तर, त्यहाँ पनि प्रधानमन्त्रीको मौनता कायम नै रह्यो।

यो मौनता नै अहिले उनको सबैभन्दा ठूलो राजनीतिक संकट बन्दै गएको छ। किनकि जनताले उनलाई केवल ‘भाइरल’ हुनका लागि रोजेका थिएनन्। उनीबाट अपेक्षा गरिएको थियो प्रणालीभित्र बसेर जवाफदेही शासन।

तर, अहिले देखिएको दृश्य फरक छ। सामाजिक सञ्जालमा सक्रिय प्रधानमन्त्री संसदमा अनुपस्थित छन्। जनतासँग प्रत्यक्ष बोल्ने नेता संवैधानिक संस्थासँग संवाद गर्न असहज देखिन्छन्।

र, परिवर्तनको भाष्य बोकेर आएका नेता आलोचनाको बेला मौन छन्। राजनीतिमा ‘एन्टी–एस्टाब्लिसमेन्ट’ छवि निर्माण गर्न सजिलो हुन सक्छ, तर राज्य सञ्चालन केवल विद्रोही शैलीले चल्दैन। संसद, प्रक्रिया, जवाफदेहिता र संस्थागत मर्यादा यी लोकतन्त्रका आधार हुन्।

लोकतन्त्रको विडम्बना यहीँ छ। जनताले ‘पुराना नेताजस्तो होइन’ भनेर चुनेको व्यक्ति अहिले संसद छलेर पुरानै राजनीतिक रोगको नयाँ संस्करण बनेको आरोप खेपिरहेका छन्। उता सुकुम्बासी बस्ती हटाइयो, डोजर चल्यो, घरहरू भत्किए र मानिसहरू सडकमा आए। होल्डिङ सेन्टरमा विलौना र दुखेसो दिनहुँ बढिरहेको छ।

सरकारले त्यसलाई ‘व्यवस्था कायम गर्ने अभियान’ भन्यो। तर मानवीय संवेदनाको प्रश्न उठ्यो।

संसदमा जवाफ मागियो, फेरि प्रधानमन्त्री देखिएनन्। देशमा अहिले एउटा अनौठो शासन शैली देखिएको छ। निर्णय प्रधानमन्त्रीका नाममा हुन्छन्, तर जवाफ अरूले दिनुपर्छ।

लोकतन्त्रमा प्रधानमन्त्री पद केवल अधिकारको कुर्सी होइन, त्यो जवाफदेहिताको मञ्च पनि हो। तर, अहिलेको दृश्य हेर्दा लाग्छ प्रधानमन्त्रीलाई निर्णय लिन मन छ, तर प्रश्न सुन्न समय छैन।

संसदप्रति यस्तो दूरी किन? आलोचनासँग यस्तो असहजता किन? विद्रोही भएर कराउन सजिलो हुन्छ। तर राज्य चलाउन संयम, धैर्य र उत्तरदायित्व चाहिन्छ।

फेसबुक लाइभमा क्रान्ति गर्न सकिन्छ। टिकटकमा भीड तान्न सकिन्छ। तर संसदलाई ‘स्किप’ गरेर लोकतन्त्र चल्दैन। यदि यही क्रम जारी रह्यो भने इतिहासले शायद यस्तो लेख्नेछ ‘देशले एकदिन भाइरल नेतालाई प्रधानमन्त्री बनायो। तर प्रधानमन्त्री बनेपछि उनी आफैं राज्यको सबैभन्दा जिम्मेवार ठाउँ संसदबाट नै हराए।’

 

प्रकाशित: २०८३ जेठ ५ गते मङ्गलबार ११:११
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना