काठमाडौँ: गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आयोगले निर्वाचन सम्पन्न गराउन करिब ५ अर्ब रुपैयाँ खर्च भएको जानकारी दिएको छ।
मंगलबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै निर्वाचनका लागि सरकारबाट ६ अर्ब ७१ करोड ड ९२ लाख ८७ हजार २ सय रुपैयाँ प्राप्त भएकोमा ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको जानकारी दिएका छन्।
निर्वाचनका लागि कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ रहेकोमा प्रति मतदाता सरदर २ सय ६३ रुपैयाँ खर्च भएको हो।


