काठमाडौँ- प्यारासुट स्किनप्योरले बाख्राको दूधबाट बनाइएको फेसवास बजारमा ल्याएको छ। वातावरणमा घाम र प्रदूषणको बढ्दो मात्रालाई मध्यनजर गर्दै यस ब्रान्डले तिनीहरूले छालामा पुर्याउन सक्ने हानीकारक प्रभाव र यस्ता चुनौतीहरूसँग लड्न शक्तिशाली समाधान प्रदान गर्न सर्वसाधारणलाई सचेत गराउने लक्ष्य राखेको छ।
ब्रान्डले छालाको प्रभावकारी हेरचाहको समाधान खोज्नेहरूलाई मुलायम, चम्किलो र स्वस्थ छाला प्रदान गर्न प्राकृतिक सामग्री सँगै बाख्राको दूधको शक्ति प्रयोग गर्ने लक्ष्य राखेको छ । प्यारासुट स्किनप्योरले छाला सफा गर्ने मात्र नभएर छालालाई उज्यालो र पुनर्ताजगी गर्ने खालको हेरचाह उपलब्ध गराउने कम्पनीले जनाएको छ।
अत्यावश्यक पोषक तत्व, भिटामिन र खनिजले भरिपूर्ण बाख्राको दूध छालालाई मोइस्चराइज गर्न, स्वच्छ राख्न र निको पार्न मद्दत गर्ने कम्पनीले जनाएको छ। प्यारासुट स्किनप्योर फेसवास उपभोग्य वस्तु उत्पादक कम्पनी मारिको लिमिटेड अन्तर्गत छाला हेरचाह अन्तर्गतको ब्राण्ड हो।
चिल्लोपना नियन्त्रणका लागि प्यारासुट स्किनप्योर ब्राइटनिङ एलोभेरा फेसवाश, चमकका लागि प्यारासुट स्किनप्योर ब्राइटनिङ गोटमिल्क फेसवाश र एन्टी पिम्पलका लागि प्यारासुट स्किनप्योर ब्राइटनिङ ओरेन्ज फेसवास गरी तीन प्रकारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
मारिकोले कपालको हेरचाह, छालाको हेरचाह, खाने तेल, रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वस्थ खाना, पुरुष ग्रूमिङ र कपडाको हेरचाहमा अग्रणी ब्रान्डहरूको संचालन गर्छ । आर्थिक वर्ष २०२०/२१ मा मारिकोले भारतमा र एशिया, अफ्रिका, उत्तर र दक्षिण अमेरिकाका सीमित बजारहरू मार्फत् मात्र लगभग साँढे असी बिलियन (१.१ बिलियन डलर) करोबार गरेको कम्पनीको दाबी छ।


