काठमाडौं–नेपाल बिमा प्राधिकरणले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई २९ साउनमा मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ। असारभित्र एकीकृत कारोबार गर्ने गरी दुवै कम्पनीका संयुक्त मर्जर समिति, सञ्चालक समिति र व्यवस्थापन समूह तयारीमा लागेका छन्।
एकीकृत कारोबारपछि प्रचलनमा ल्याइने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ को लोगो सार्वजनिक गरिएको हो।
प्रभु लाइफ र महालक्ष्मी लाइफको देशैभर १६७ शाखा-उपशाखा सञ्चालनमा छन्। प्रभु लाइफको बोनस सेयर जारीपछि दुवै कम्पनीको गरी ४२९.६ करोड चुक्ता पुँजी हुनेछ। बिमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पुँजीका लागि एकीकृत कारोबारपछि ९० करोड बराबर प्रिमियम मूल्यमा एफपिओ जारी गर्ने सहमति भएको बताइएको छ।
