२०८३ कार्तिक १२ गते बुधबार

कनेक्ट आईपीएस चलाउन रिफर गर्नेलाई २५ र पाउनेलाई ५० रुपैयाँ बोनस

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ५
referoffer

काठमाडौँ- भुक्तानी सेवा प्रदायक कनेक्ट आईपीएसले ‘रिफर अ फ्रेन्ड २.०’ अफर सार्वजनिक गरेको छ। यो अफरअन्तर्गत कनेक्ट आईपीएसको सेवा चलाउन रिफर गर्ने र त्यस्तो रिफर प्राप्त गर्ने दुवै व्यक्तिले बोनस पाउने छन्। यस्तो अफर असार ५ गतेदेखि असार ३१ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ।

‘रिफर प्राप्त गर्ने व्यक्ति (रिफरी)ले आफ्नो बैंक खाता भेरिफाई गराएपछि मात्र प्राप्त गर्नेछन्। आफन्त वा साथीभाइलाई रिफर गर्ने व्यक्तिले रु.२५ र रिफर प्राप्त गर्ने व्यक्ति (रिफरी)ले रु. ५० बोनस पाउने बताइएको छ। यस्तो रकम कनेक्ट आईपीएसमा भएको प्राथमिक खाता (प्राइमरी अकाउन्ट)मा पठाइने कम्पनीले जानकारी दिएको छ।

अफरको फाइदा लिन रिफरर रिफरल कोड अर्को नयाँ व्यक्तिलाई पठाइदिनुपर्ने हुन्छ। रिफर प्राप्त गर्ने व्यक्ति (रिफरी)ले कनेक्ट आईपीएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गर्नुपर्नेछ। रिफररले आफ्नो रिफरल कोडसँगै लिन्क पनि सेयर गर्न सक्नेछन्। रिफर प्राप्त गर्ने व्यक्तिले उक्त लिंक क्लिक गरी कनेक्ट आइपीएस वा मोबाइल एप मार्फत नयाँ यूजर बनाउन सक्नेछन्।

कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार रु २० लाखसम्म र यसको मोबाइल एप मार्फत प्रतिकारोबार २ लाखसम्मको भुक्तानी गर्न सकिन्छ। यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, सेयर कारोबार, नेपाल पे क्युआरलगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

कनेक्ट आईपीएस मार्फत चालु आर्थिक वर्षको जेठ मसान्त सम्म ५२ सदस्य बैंक वित्तीय संस्था मार्फत ३६ खर्ब २६ अर्ब बराबरको कारोबार गरेको छ। कम्पनीले ४ करोड ५० लाखभन्दा बढी कारोबार फर्स्योट गरेको उल्लेख गरेको छ।

प्रकाशित: २०८० असार ५ गते मङ्गलबार ११:३९
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना