२०८३ कार्तिक १५ गते शनिवार

सनराइज र लक्ष्मी बैंक मर्ज भएपछि को बन्दैछन् सञ्चालक?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ५
sunrise_bank

काठमाडौँ- सनराइज बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभाले लक्ष्मी बैंकसँग मर्ज प्रस्ताव पारित गरेको छ। उक्त साधरणसभाले १:१ अनुपातमा मर्जर जाने प्रस्ताव स्वीकृत गरेको हो।

मोतिलाल दुगर अध्यक्षतामा बसेको सनराइज बैंकको संचालनक समितिले उक्त प्रस्ताव पारित गरेको हो। यस्तै लक्ष्मी बैंकले पनि विशेष साधारणसभा मार्फत उक्त प्रस्ताव पारित गरिसकेको छ। दुवै बैंकको विशेष साधारणसभाले मर्जरमा जाने सहमति पारित गरेसँगै मर्जर प्रक्रियाले मूर्त रुप लिएको छ।

मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक राख्ने सहमति भइसकेको बताइएको छ। यसैगरी सञ्चालक समितिमा लक्ष्मी बैंकका तर्फबाट ४ र सनराइज बैंकको तर्फबाट ३ जना सञ्चालक रहनेछन्।

लक्ष्मी बैंकको तर्फबाट बैंकका वर्तमान अध्यक्ष रमण नेपाल, डा. मनिष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत संचालक रहने छन् भने सनराइज बैंकको तर्फबाट बैंकका हालका अध्यक्ष मोतीलाल दुगड, बच्छाराज तातड र मालचन्द दुगड सञ्चालक बन्ने सहमति भएको छ।

मर्जरपछि बन्ने लक्ष्मी सनराइज बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ कायम गरिने भएको छ। यी दुवै बैंकबीच २५ पुषमा मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। यी दुवै बैंकको मर्जलाई मध्यनजर गर्दै राष्ट्र बैंकले मर्जसम्बन्धी सुविधा आगामी असार मसान्तसम्म थप गरेको छ।

प्रकाशित: २०८० असार ५ गते मङ्गलबार १२:०६
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना