२०८३ कार्तिक १३ गते बिहिबार

वर्षा नभएपछि कञ्चनपुरमा सुरु भएन रोपाइँ

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार ५
ropai barsa kanchanpur
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलामा बोरिङबाट निकालिएको पानीले रोपाइँ गर्दै स्थानीय किसान। तस्बिरः गोकुल जोशी/रासस

वेदकोट – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले गत वर्ष असारको पहिलो साताको सुरुमै रोपाइँ सुरु गरिसकेका थिए। रोपाइँमा व्यस्त हुने यस समयमा अहिले भने उनी फुर्सदिलो छन्।

वर्षा नहुँदा अहिलेसम्म रोपाइँ सुरु गर्न नसकेको उनले बताए। ‘गत वर्ष असार १ गतेदेखि नै रोपाइँ थालेको, यसपटक पानी नै नपरेर खडेरी भएकाले रोपाइँ गर्न सकिएको छैन’, किसान चौधरीले भने, ‘सिँचाइको सुविधा नहुँदा आकाशको पानीको भरमा खेतीपाती गर्नुपर्छ।’ उनले तीन बिघा जमिनमा धानखेती गर्छन्। धान, गहुँ, तरकारी खेती गर्ने चेतराज त्यसैबाट हुने उब्जाउ बेचेर घर खर्च चलाए।

बेदकोट नगरपालिका–४ का केशव बोहराको रोपाइँका लागि धानको ब्याड तयार भएको छ। तयार भएको ब्याड खडेरीले सुक्न थालेपछि उनी चिन्तित छन्। ‘वर्षा नहुँदा रोपाइँ सुरु भएको छैन, धानको ब्याड सुक्दै गएको छ’, उनले भने, ‘यस्तै रह्यो भने त कसरी रोपाइँ गर्ने ?’

भीमदत्त नगरपालिका–११ भुजेलाका राजेश जोशी रोपाइँका लागि आकाशको पानीको पर्खाइमा छन्। ‘रोपाइँको सम्पूर्ण तयारी भइसक्यो, ब्याड पनि तयार छ’, उनले भने, ‘पानी नपर्दा ढिलाइ भइरहेको छ।’

धान बाली उत्पादनको दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिने कञ्चनपुरमा मल, बीउलगायत कृषि सामग्रीका साथै सिँचाइ सुविधाको अभावले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ।

सुक्खा खडेरीका कारण धान रोपाइँमा ढिलाइ भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकरी हरि जोशीले बताए। ‘सिँचाइको सुविधा भएको केही ठाउँतिर रोपाइँ सुरु भएको छ’, उनले भने, ‘अधिकांश किसानलाई आकाशे पानीको भर पर्नुपर्ने बाध्यता हुनाले सबैतिर रोपाइँ सुरु भएको छैन।’

उनका अनुसार जिल्लामा अहिलेसम्म करिब दुई प्रतिशतमात्रै रोपाइँ भएको छ। नहर तथा बोरिङको सुविधा भएका केही ठाउँमा किसान रोपाइँ गरिरहेका छन्।

कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धानखेती गरिन्छ।

कृषकहरूले हर्दीनाथ, सुक्खाको १ देखि ४ सम्म, राधा–४, साँवा मन्सुलीलगायत उन्नत जातका बीउको प्रयोग गर्ने गरेका छन्। सिँचाइको अभावमा रोपाइँमा ढिलाइ हुँदा किसान चिन्तित बनेका छन्। रासस

प्रकाशित: २०८० असार ५ गते मङ्गलबार १२:१०
प्रतिक्रिया

थप समाचार

हालसम्म २७ प्रतिशत रोपाइँ, पोहोरको तुलनामा १३ प्रतिशत कम

काठमाडौं – मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका...

बाँकेमा परेन पानी, सुरु भएन रोपाइँ

राँझा – बाँकेमा पर्याप्त वर्षाद् नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ। आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले रोपाइँ गर्न पाएका छैनन्। पानी नपरेका कारण धान रोपाइँ...

डोटीमा वर्षे रोपाइँ सुरु

डोटी – डोटीका विभिन्न स्थानमा वर्षे धान रोपाइँ सुरु भएको छ। सिँचाइ समस्या नभएका खोला तथा ढाप खेतमा धान रोपाइँ सुरु भएको हो। खोलीखेका फाँटमा अहिले वर्षे धान रोप्ने चटारो छ। विशेष गरी खोला खेतमामा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना