काठमाडौँ- नेपालको लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडी कोना र आयोनिक-५ किन्ने ग्राहकलाई १० प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ।
यसका लागि कम्पनीले प्रभु बैंक लिमिटेडसँग साझेदारी सम्झौता गरिसकिएको जानकारी दिएको छ। १० प्रतिशत ब्याजदरको सुविधा भने यी गाडी किन्नेले पहिलो वर्ष मात्र पाउनेछन्।
प्रभु बैंकको ३०१ वटै शाखाबाट यो सेवा उपलब्ध हुने हुन्डाईले जानकारी दिएको छ। कोना अन्तर्गत तीनवटा भेरियन्टमा उक्त ब्याजदर कायम हुनेछ छ।
६० लाख ९६ हजार मूल्य रहेको कोना एनएस, ६१ लाख ९६ हजार बजारमूल्य रहेको कोना जिएल र ६४ लाख ९६ हजार मूल्य रहेको कोना जिएलएस रहेका छन्।
यसैगरी १ करोड २ लाख ९६ हजार मूल्य कायम गरिएको आयोनिक फाइभ जिएलएस भिजन रुफका लागि पनि उक्त ब्याजदर तोकिएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुम तथा १९ सर्भिसर्भि सेन्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाईले ४० भन्दा बढी स्थानहरूमा चार्जिङ पोइन्टहरु पनि स्थापना गरेको छ।


