२०८३ कार्तिक १३ गते बिहिबार

जनकपुर र भैरहवाका दुई होटलसँग पौवाले गर्‍यो सम्झौता, पुगे १९ शाखा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १९
hotel

काठमाडौँ: नेपाली हस्पिटालिटी क्षेत्रको अग्रणी ब्रान्ड होटल पौवाले एकै दिन दुई प्रमुख पर्यटकीय गन्तव्यमा शाखा विस्तार गरेको छ। पौवाले जनकपुरस्थित होटल रोयल प्यालेस तथा भैरहवास्थित गौतम बुद्ध इन्टरनेशनल होटलसँग औपचारिक सम्झौता गर्दै आफ्नो आतिथ्य सञ्जाललाई विस्तार गरेको हो।

यो विस्तार केवल शाखा वृद्धि मात्र नभई नेपाली आतिथ्यतालाई व्यावसायिक उत्कृष्टता, संस्थागत व्यवस्थापन क्षमता र अन्तर्राष्ट्रिय मापदण्डअनुसार उकास्ने दीर्घकालीन रणनीतिक पहल भएको पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए।

होटल पौवाले छोटो अवधिमै देशका विभिन्न स्थानमा आफ्नो उपस्थिति विस्तार गर्दै नेपाली भाषा, संस्कृति र रैथाने खानाको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको छ। “जहाँबाट आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल नाराका साथ अघि बढिरहेको पौवाले स्वदेशी सोच र सामूहिक लगानीको आधारमा आतिथ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको छ।

अध्यक्ष भण्डारीले भने, ‘पछिल्लो सम्झौतामार्फत प्रमुख पर्यटकीय केन्द्रहरूमा आफ्नो पहुँच विस्तार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास लिएका छौं।’

पौवाले आगामी दिनमा थप होटल व्यवस्थापन तथा सञ्चालनमार्फत आफ्नो ब्रान्डलाई अझ सुदृढ बनाउने योजना अघि सारेको छ। गत चैत २५ गते १० वर्ष पुरा गरेको पौवाले ‘बितायौँ बालापन’ अवधारणमा स्वाद उत्सव लगायतका विविध कार्यक्रम आयोजना गरेको थियो।

आगामी दशकमा ‘मिसन १००’को लक्ष्य पुरा गर्ने उद्देश्य राखेको पौवाले नयाँ लगानीको स्रोत जुटाउन चैत २८ गते लगानी सम्मेलन समेत आयोजना गरेको थियो। यसअघि देशका विभिन्न स्थानमा पौवाका १७ वटा शाखा सञ्चालनमा छन्।

प्रकाशित: २०८३ जेठ १९ गते मङ्गलबार ०३:२८
प्रतिक्रिया

थप समाचार

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना