काठमाडौं– लोक तथा दोहोरी गायनमा लामो सयमदेखि सक्रिय कलाकर्मी युवराज भुसालले यही हप्ता आफ्नो नयाँ गीत बजारमा ल्याएका छन्।
रुमानी भाव र प्रेमील आग्रहलाई केन्द्रीय विषयवस्तु बनाइएको ‘बाँझो बारी नराख जौ छर’ बोलको यो दोहोरी गीतका शब्द स्वयं भुसालले नै लेखेका हुन् भने उनलाई स्वरमा साथ दिएकी छिन्, दीपिका बयाम्बु मगरले। ‘गीत हाम्रै डाँडाँपाखा, गामघर र त्यहाँकी जीवन सामिप्य रहोस् भनेर गीतका शब्दमा ग्रामिण सुगन्ध भर्ने प्रयास गरेको छ्’ गीतको श्रव्यदृश्य सामग्री सार्वजनिक गरेपछि गायक भुसालले भने, ‘सबै कलाकारलाई आफ्नो गीतले राम्रो इम्प्रेशन दिओस् भन्ने लाग्छ, हेरौं गीतले कस्तो प्रतिक्रिया पाउँछ।’
पर्वत जिल्लामा जन्मेहुर्केका गायक भुसालको यो गीत उनको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ। प्रसिद्ध तथा लोकप्रिय एरेन्जर बीबी अनुरागीले एरेन्ज गरेको यो गीतको दृश्य सामग्रीमा सुरेश कोह्ली र जुना विश्वकर्माले अभिनय गरेका छन्।


