२०८३ कार्तिक १२ गते बुधबार

एआई पूर्वाधार विस्तारका लागि ‘ओपनएआई’ ले आईपीओ निष्कासन गर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २७
ai

सान फ्रान्सिस्को,सिन्ह्वा। विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीमध्ये एक ओपनएआईले सम्भावित सार्वजनिक सेयर निष्कासन (आईपीओ) तर्फ महत्वपूर्ण कदम चालेको छ।

कम्पनीले अमेरिकी धितोपत्र तथा विनिमय आयोगसमक्ष आवश्यक दर्ता विवरणको प्रारम्भिक मस्यौदा गोप्य रूपमा पेश गरेको जनाएको छ।

यद्यपि, कम्पनीले हालसम्म सार्वजनिक रूपमा शेयर बिक्री गर्ने समयबारे कुनै निर्णय नभएको स्पष्ट पारेको छ। यो प्रक्रिया पूरा भएपछि आवश्यक परे कम्पनीले छिट्टै शेयर बजारमा प्रवेश गर्न सक्ने बाटो खुला हुनेछ।

ओपनएआईले जारी गरेको विज्ञप्तिमा उक्त घोषणा अमेरिकी धितोपत्र ऐनअन्तर्गतको सम्बन्धित व्यवस्थाअनुसार गरिएको र यसलाई शेयर बिक्रीको प्रस्ताव वा खरिदका लागि आह्वानका रूपमा लिन नहुने उल्लेख गरेको छ।

कम्पनीका अनुसार भविष्यमा कुनै पनि प्रकारको शेयर निष्कासन गरिए त्यसका लागि आयोगमा औपचारिक दर्ता विवरण पेश गरिनेछ। कानुनी प्रक्रिया पूरा गरिनेछ।

कृत्रिम बुद्धिमत्ता क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र विशाल लगानी आवश्यकताबीच ओपनएआईको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

अत्याधुनिक कृत्रिम बुद्धिमत्ता प्रणाली विकास, उच्च क्षमताका कम्प्युटिङ पूर्वाधार निर्माण, डाटा केन्द्र विस्तार तथा नयाँ उत्पादन विकासका लागि अर्बौं डलर लगानी आवश्यक पर्ने भएकाले कम्पनीले दीर्घकालीन पूँजी व्यवस्थापनका विकल्पहरू खोजिरहेको विश्लेषकहरूको भनाइ छ।

सार्वजनिक कम्पनी बनेमा ओपनएआईले विश्वभरका लगानीकर्ताबाट ठूलो मात्रामा पुँजी जुटाउन सक्नेछ, जसले कम्पनीलाई अनुसन्धान तथा विकास, पूर्वाधार विस्तार र नयाँ प्रविधि विकासमा थप लगानी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कृत्रिम बुद्धिमत्ता क्षेत्रको तीव्र विस्तारका बीच ओपनएआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारले चासोका साथ हेरिरहेका छन्।

प्रकाशित: २०८३ जेठ २७ गते बुधबार ०८:४५
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना