२०८३ कार्तिक १२ गते बुधबार

 ‘बुकहिल ब्यालेड्स’मा दीप श्रेष्ठको अभूतपूर्व गायन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ३१
pujan cam (15 of 37)

प्रसिद्ध गायक एवं सङ्गीतकार दीप श्रेष्ठले आफ्नो जीवनका महत्त्वपूर्ण गीतहरू सङ्गीत पारखीहरूमाझ प्रस्तुत गरेका छन्। शुक्रबार राजधानीको शिल्पी थिएटरमा बुकहिल पब्लिकेशनले शुरुवात गरेको साङ्गीतिक कार्यक्रम ‘बुकहिल ब्यालेड्स’को पहिलो शृङ्खला ‘बुकहिल ब्यालेड्स : दीप श्रेष्ठ- म पत्थरको देवता होइन’मा श्रेष्ठले आफ्ना  डेढ दर्जन गीतहरू फरक शैलीमा  प्रस्तुत गरेका हुन्।

वि.सं. २०२५ साल पुस १ गते औपचारिक रूपमा गाएको गीत ‘म पत्थरको देवता होइन’बाट शुरु भएको साङ्गीतिक प्रस्तुतिमा उनले हुँ यात्री एउटा, कति कमजोर रहेछ भाग्य, झिरमा उनिनु एउटा कुरा, हररात सपनीमा एठन हुन्छ, मेरो आँखामा भरदिन, म त दूरदेखि आएँ,  झस्किएछ मन मेरो लगायत गीतहरू कथासहित प्रस्तुत गरे। गीतकार भूपेन्द्र खड्काले दीप श्रेष्ठका गीतका कथा भन्दै श्रेष्ठलाई पुराना स्मृतिमा पुर्‍याएका थिए।

‘भन्थी मेरी उनी’ बोलको गीत गीतकार शिवशंकर थापाले कार्यक्रममा गीतको कथा सुनाउँदा कार्यक्रम रोचक बनेको थियो।

रत्नशशेर थापाका शब्दमा अन्जला मास्केसँग गाएको युगल गीत चर्चित गायिका रेखा शाहसँग श्रेष्ठले प्रस्तुत गर्दा कार्यक्रममा रौनकता थपिएको थियो। श्रेष्ठकी जेठी छोरी दृष्टि श्रेष्ठले ‘मुटुको ढोका खोलेर राख्छु’ युगल र ‘हररात मेरा निदहरू’ एकल गायनमा प्रस्तुत गरिन्। साथै नव गायिका सम्वृद्धि परियारले तुलसी क्षेत्रीका शब्दमा दावा ग्याल्मोसँग दीप श्रेष्ठले युगल गाएको गीत ‘भन भन न’ प्रस्तुत गरिन्।

गीतकार किरण खरेलका सामु तारादेवीसँग युगल गाएको गीत ‘मेरो सपनाको सदनमा’ सम्वृद्धि परियारसँग गाउँदा कार्यक्रम उपस्थित गीतकार खरेल भावुक बने। साथै गीतकार राजेन्द्र थापाको चर्चित गीत ‘झिरमा उनिनु एउटा कुरा’को सङ्गीत सृजनाको २५ वर्षे कथा गीतकारका सामु श्रेष्ठले प्रस्तुत गरेका थिए।

कार्यक्रममा श्रेष्ठले भूपेन्द्र खड्काको शब्दमा ‘कोही किन बरबाद हुन्छ कसैको माया’मा आफ्नै सङ्गीतमा पछिल्लो सृजनाको रूपमा प्रस्तुत गरेका थिए।

बितेका कुराले बोलको गीतमा आफैँ हार्मोनिका बजाएर दर्शकलाई श्रेष्ठले सर्प्राइज दिएका थिए।

माणिकमान सिंहको संयोजनमा वाद्यवादकहरूले किबोर्ड, तबला, अक्टोप्याड र गितारमा साथ दिएका थिए भने छिरिङ भुटियाले ध्वनी संयोजन गरेका थिए।

साहित्यसँगै सङ्गीत र संस्कृतिको अभिवृद्धिमा क्रियाशील बुकहिलले प्रत्येक २ महिनामा औपचारिकरूपमा ‘बुकहिल ब्यालेड्स’ आयोजना गर्ने जनाएको छ।

प्रकाशित: २०८३ जेठ ३१ गते आईतबार ०६:४४
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना