काठमाडौँ: नेपाल चलचित्र बो्डले साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। आइतबार राति ११:५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्टअनुसार यस साता प्रदर्शनमा रहेका ६ वटा नेपाली चलचित्रहरूमध्ये लालीबजार ले सबैभन्दा उच्च सफलता हासिल गरिरहेको छ।
लालीबजारले कुल ३ लाख ११ हजार ४ सय ३ थान टिकट बिक्री गर्दै कुल ९ करोड १६ लाख ६ सय ५५ रुपैयाँको सानदार आम्दानी गर्न सफल भएको छ। जुन अन्य समकालीन चलचित्रहरूको तुलनामा निकै उत्साहजनक कलेक्स्न हो।
रोल नं १ र मितज्यूबीच व्यापारमा प्रतिस्पर्धा देखिएको छ। रोल नं १ ले कुल ४७ हजार ९ सय ५१ थान टिकट बिक्री गर्दै १ करोड ३५ लाख ९५ हजार ९ सय ९३ रुपैयाँ संकलन गरेको छ भने मितज्यूले ४६ हजार ९ सय ५४ थान टिकट बिक्री गरी १ करोड ३२ लाख ५३ हजार ३ सय ४२ रुपैयाँ आम्दानी गरेको छ।
काजीले कमाइ मध्यम स्तरको छ। यस चलचित्रले १४ हजार ३ सय २४ थान टिकट बिक्री गरी ४४ लाख ४८ हजार ६० रुपैयाँ संकलन गरेको छ। लाइफ ड्यामेजले ११ हजार ३ सय ७१ थान टिकट बिक्री गर्दै ३४ लाख ६६ हजार २ सय ९० रुपैयाँ आम्दानी गरेको छ।
सबैभन्दा कम व्यापार गर्ने चलचित्रको सूचीमा कुम्भ देखिएको छ। यो चलचित्रले १ हजार ६ सय ७९ थान टिकट मात्र बिक्री गर्न सकेको छ, जसबाट ३ लाख ९१ हजार १० रुपैयाँ संकलन भएको छ।


