२०८३ कार्तिक १२ गते बुधबार

पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच युद्ध अन्त्यको सहमति, इजरायल रुष्ट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १
trump

अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने विषयमा एक ऐतिहासिक सहमति भएको छ। पाकिस्तानको मध्यस्थतामा भएको यस सम्झौतासँगै लामो समयदेखि तनावग्रस्त रहेको यस क्षेत्रमा सैन्य कारबाही रोकिने विश्वास गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौताको स्वागत गर्दै विश्वकै प्रमुख व्यापारिक मार्ग मध्येको एक हर्मज जलामर्ग अब पुन: सञ्चालनमा आउने घोषणा गरेका छन्। पाकिस्तानले मध्यस्थता गरेको यस फ्रेमवर्क सम्झौताले लेबनानसहित सबै मोर्चामा सैन्य अपरेशनहरू बन्द गर्ने आधार तयार पारेको छ।

आफ्नो देशमा आगामी नोभेम्बरमा हुन लागेको मध्यावधि चुनाव र अलोकप्रिय बन्दै गएको महँगो युद्धको दबाबका बीच ट्रम्पले यो कदम चालेका हुन्।

सम्झौता इजरायल र स्वतन्त्र विश्वका लागि घातक: इजरायली मन्त्री स्मोट्रिच

यसैबीच, इजरायलले भने यस सम्झौताप्रति कडा आपत्ति जनाएको छ। इजरायलका कट्टर दक्षिणपन्थी अर्थमन्त्री बेजलेल स्मोट्रिचले यो सम्झौता ‘इजरायल र सम्पूर्ण स्वतन्त्र विश्वका लागि खराब ‘ रहेको टिप्पणी गरेका छन्।

मन्त्री स्मोट्रिचले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘इरानी शासन ढाल्न इजरायलले आफ्नै अभियान जारी राख्नुपर्नेछ र इरानले कहिल्यै आणविक हतियार प्राप्त नगर्ने कुरा हामी आफैँले सुनिश्चित गर्नुपर्नेछ।’

उनले अमेरिका र इजरायलको संयुक्त अभियानले इरानलाई कमजोर बनाउन सफलता पाएको दाबी गर्दै यो सम्झौताले ती उपलब्धिहरूलाई बेवास्ता गरेको आरोप लगाएका छन्।

इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन-गभिरले पनि सम्झौताको विरोध गर्दै भनेका छन्, ‘हामी यो सम्झौताको साझेदार होइनौँ र यसले हामीलाई कुनै पनि हालतमा बाँध्दैन। ‘

ट्रम्प र नेतन्याहूबीच बढ्दो तिक्तता

यो सम्झौतासँगै राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीचको सम्बन्धमा पनि चिसोपन देखिएको छ। इजरायलको प्रमुख पत्रिका येडिओथ अहरोनोथ ले यसलाई ‘मुठभेड ‘ को संज्ञा दिएको छ।

इजरायललाई यस सम्झौताबारे सल्लाह नगरी केवल जानकारी मात्र दिइएको बताइएको छ। राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री नेतन्याहूलाई ‘एकदमै कठिन मान्छे’ भन्दै टिप्पणी गरेका छन्। भ्रष्टाचारको आरोप र चुनावको दबाब झेलिरहेका नेतन्याहूका लागि भने यो युद्ध रोकिनु राजनीतिक रूपमा चुनौतीपूर्ण मानिएको छ।

लेबनानद्वारा सम्झौताको स्वागत

अर्कोतर्फ, लेबनानले भने यो सम्झौताको खुलेर प्रशंसा गरेको छ। लेबनानी राष्ट्रपति जोसेफ आउनले हिंसाको चक्र अन्त्य गरी क्षेत्रीय स्थिरताका लागि यो सम्झौता कोसेढुङ्गा सावित हुने आशा व्यक्त गरेका छन्।

लेबनानी संसदका सभामुख नबिह बेरीले पनि इजरायललाई लेबनानमाथि आक्रमण रोक्न लगाउने बुँदा सम्झौतामा समावेश गरिएकोमा अमेरिका र इरान दुवैलाई धन्यवाद दिएका छन्। सम्झौताले लेबनानमा जारी हिंसालाई पूर्णविराम लगाउने उनीहरूको विश्वास छ।

प्रकाशित: २०८३ असार १ गते सोमबार ०५:२२
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना