२०८३ कार्तिक १२ गते बुधबार

वार्ताअघि हर्मुज जलमार्गबाट कच्चा तेल निर्यात सुरु, पेट्रोलियम पदार्थको भाउ घट्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३
hormuz

तेहरान, एएफपी। अमेरिका र इरानबीच शान्ति सम्झौताका अन्तिम वार्ता सुरु हुन दुई दिन बाँकी रहँदा इरानी तेल ट्याङकरहरु अमेरिकी नाकाबन्दी क्षेत्रबाट बाहिर निस्कन थालेका छन्। यसलाई दुई महिनापछि इरानको पहिलो कच्चा तेल निर्यातका रूपमा हेरिएको छ। मध्यपूर्वमा तनाव कम हुने अपेक्षा बढेसँगै विश्व तेल बजारमा पनि यसको प्रभाव परेको छ।

हर्मुज जलमार्ग पुनः सञ्चालनमा आएको संकेत पाएसँगै अन्तर्राष्ट्रिय तेल मूल्य घटेको छ। यहीबीच शुक्रबार स्विट्जरल्यान्डको बर्गेनस्टक पर्वतीय रिसोर्टमा अमेरिका र इरानबीच अन्तिम सम्झौतासम्बन्धी वार्ता सुरु हुने तयारी भइरहेको छ। वार्तामा इरानको आणविक कार्यक्रम र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने विषय मुख्य एजेन्डाका रूपमा रहने बताइएको छ।

तेल ढुवानी अनुगमन गर्ने ‘ट्यांक र ट्र्याकर’ वेबसाइटले स्याटेलाइट तस्बिर र डिजिटल ट्र्याकिङ तथ्र्यांकका आधारमा कम्तीमा दुई इरानी सुपरट्यांकर अमेरिकी नौसैनिक नाकाबन्दी क्षेत्रबाट बाहिरिएको जनाएको छ। ‘डिओना’ र ‘हिरो–२’ नामका ती ट्यांकरमा संयुक्त रूपमा करिब ३८ लाख ब्यारेल इरानी कच्चा तेल रहेको बताइएको छ। पछि तेस्रो ट्यांकर पनि बाहिरिएको जानकारी सार्वजनिक गरिएको थियो।

अधिकारीहरूका अनुसार प्रारम्भिक सहमतिपछि सुरु हुने ६० दिने वार्ताले इरानको आणविक कार्यक्रमको भविष्य र आर्थिक प्रतिबन्ध हटाउने प्रक्रियाबारे अन्तिम निर्णय गर्नेछ।

तीन महिनापछि पहिलो पटक तेलको भाउ ब्यारेलको ८० डलर तल

अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले सम्झौतासँग परिचित स्रोतहरूलाई उद्धृत गर्दै युद्ध अन्त्यसम्बन्धी सहमतिअन्तर्गत अमेरिकाले इरानलाई तत्काल तेल तथा इन्धन बिक्री गर्न अनुमति दिने जनाएको छ। प्रतिबन्ध खुकुलो पार्ने व्यवस्थामा बैंकिङ, यातायात र बिमा सेवा पनि समेटिने बताइएको छ।

यद्यपि अमेरिकाभित्रै सम्झौताप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। केही रिपब्लिकन सांसदहरूले ट्रम्प प्रशासनसँग सम्झौताको पूर्ण पाठ र विस्तृत जानकारी माग गरेका छन्। सिनेटका बहुमत नेता जोन थुनले सम्झौताको वास्तविक स्वरूप बुझ्न आवश्यक रहेको बताएका छन्।

तर, शान्ति प्रक्रियामाथि क्षेत्रीय तनाव अझै कायमै छ। इजरायली सेनाले दक्षिण लेबनानमा आफ्ना कारबाही जारी रहेको जनाएको छ भने रकेट प्रहार रोकिएको र प्रक्षेपण स्थलमाथि हवाई आक्रमण गरिएको दाबी गरेको छ।

लेबनानको सरकारी समाचार संस्थाका अनुसार मेफादुन र सुकिन क्षेत्रमा भएका आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ। त्यसपछि इरानको केन्द्रीय सैन्य कमान्डले इजरायललाई ‘कठोर प्रतिक्रिया’ को चेतावनी दिएको छ।

एक वरिष्ठ अमेरिकी अधिकारीकाअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, इरानका उपविदेश मन्त्री माजिद तख्त–राभान्ची र शीर्ष वार्ताकार मोहम्मद बाघेर घालीबाफले प्रारम्भिक ढाँचा सम्झौतामा विद्युतीय हस्ताक्षर गरिसकेका छन्।

इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबारदेखि इरान र अमेरिकाबीच नयाँ चरणको वार्ता सुरु हुने जानकारी दिँदै अन्तिम सम्झौतामा आणविक मुद्दा र प्रतिबन्ध हटाउने विषयमा निर्णय हुने बताए।

हर्मुज पुनः खुल्ने अपेक्षाले विश्व बजारमा तेलको मूल्य घटेको छ। अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ७८.७४ डलरमा झरेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियेट ७५.८५ डलर प्रतिब्यारेलमा कारोबार भएको छ।

पाकिस्तान र कतारको मध्यस्थतामा भएको अप्रत्यक्ष वार्ताले अन्तरिम सहमतिसम्म पुग्न मद्दत गरेको भए पनि इरानको युरेनियम संवर्धन कार्यक्रम र पश्चिमी प्रतिबन्धजस्ता जटिल विषय अझै समाधान हुन बाँकी छन्। अमेरिका र इजरायलले इरानलाई उच्च संवर्धित युरेनियम भण्डार त्याग्न दबाब दिइरहेका छन् भने इरानले आफ्नो संवर्धन अधिकार कायम राख्ने अडान दोहोर्‍याएको छ।

यसैबीच, ट्रम्पले सम्झौताको पाठ चाँडै सार्वजनिक गर्न सकिने संकेत दिएका छन्। इरानको रूढिवादी पत्रिका भातान–ए इमरोजले उक्त सम्झौतालाई ‘ट्रम्पको आत्मसमर्पण दस्तावेज’ भनेर वर्णन गरेको छ।

तर, अराघचीले विगतका अनुभव स्मरण गराउँदै सतर्कता आवश्यक रहेको बताएका छन्। उनका अनुसार इरानले विगतमा पटक–पटक सम्झौता उल्घंन र प्रतिबद्धता तोडिएको अनुभव भोगिसकेको छ।

उपराष्ट्रपति भान्सले अमेरिकी करदाताको रकम इरानमा नजाने स्पष्ट पार्दै आणविक निरीक्षकहरूलाई इरान प्रवेशको अनुमति दिइने बताएका छन्। यद्यपि, इरानी सञ्चारमाध्यमले १२ अर्ब डलर बराबरको रोक्का सम्पत्ति फुकुवा हुन सक्ने दाबी गरेका छन्।

विश्लेषकहरूले भने इजरायल र इरान समर्थित हिजबुल्लाहबीचको समानान्तर द्वन्द्व नै कूटनीतिक प्रयासका लागि सबैभन्दा ठूलो चुनौती बनेको बताएका छन्। मार्चमा हिजबुल्लाहले इजरायलमाथि रकेट आक्रमण गरेपछि लेबनान युद्धमा तानिएको थियो। जसले क्षेत्रीय तनावलाई अझ गहिरो बनाएको छ।

प्रकाशित: २०८३ असार ३ गते बुधबार ११:००
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना