२०८३ कार्तिक १२ गते बुधबार

चिनियाँ फिल्ममा मार्सल आर्ट र एआईको उच्चतम प्रयोग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३
ddd

चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र, कृत्रिम बुद्धिमत्तामार्फत विकसित फिल्म प्रविधि र युवा पुस्ताबीचको सांस्कृतिक संवादलाई केन्द्रमा राखेर काठमाडौं र पोखरामा आयोजित ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’को नेपाल कार्यक्रम सम्पन्न भएको छ। फिल्मलाई सांस्कृतिक आदानप्रदानको माध्यम बनाउँदै आयोजित प्रदर्शनीले चीन र नेपालबीचको चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई थप गहिरो बनाएको आयोजकले जनाएको छ।

हिजो पोखरामा सम्पन्न कार्यक्रमले नेपाली विद्यार्थी, प्राध्यापक र फिल्मकर्मीलाई समकालीन चिनियाँ चलचित्र, विशेषगरी वुसिया संस्कृतिको नयाँ आयामसँग परिचित गराएको थियो। प्रदर्शनीअन्तर्गत त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालमा विशेष फिल्म प्रदर्शन, अन्तरक्रिया, व्याख्यान तथा सांस्कृतिक गतिविधिहरू आयोजना गरिएको थियो।

काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयमा ‘लेजेन्ड्स अफ द कन्डोर हिरोजः द ग्यालेन्ट्स’ र ‘ब्लेड्स अफ द गार्डियन्सः विन्ड राइजेस इन द डेजर्ट’ चलचित्र प्रदर्शन गरिएको थियो। प्रदर्शनपछि आयोजित भर्चुअल अन्तरक्रियामा चिनियाँ युवा लेखक वेन जियर सहभागी हुँदै जिन योङका साहित्य, वुसिया कथाको नैतिक पक्ष, साहित्यबाट चलचित्रमा रूपान्तरण र समकालीन समाजमा ‘वीरताको भावना’बारे चर्चा गरेका थिए।

त्यसक्रममा सहभागी विद्यार्थी र प्राध्यापकहरूले चिनियाँ वुसिया कथामा प्रस्तुत हुने न्याय, साहस र मानवीय मूल्यहरू नेपाली कला तथा संस्कृतिमा पाइने प्रकृति र मानवबीचको सहअस्तित्वको भावनासँग मेल खाने धारणा व्यक्त गरेका थिए।

त्यस्तै, बेइजिङ नर्मल विश्वविद्यालयका प्राध्यापक झाङ यानले ‘चाइनिज वुसिया सिनेमाः फ्रम सेन्चुरी टु द वर्ल्ड’ शीर्षकमा व्याख्यान दिँदै चिनियाँ मार्सल आर्ट चलचित्रको विश्वव्यापी प्रभाव र आधुनिक सन्दर्भबारे प्रकाश पारेका थिए।

कार्यक्रमको दोस्रो चरण पोखरा विश्वविद्यालयमा केन्द्रित थियो। प्रदर्शनीकी संस्थापक ह्वाङ जुनयानले उद्घाटन गर्दै हिमालय क्षेत्रका मुलुकबीच सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन फिल्म महत्वपूर्ण माध्यम बन्न सक्ने बताइन्। पोखरामा आयोजित विशेष अन्तरक्रियामा अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयका सहप्राध्यापक मा रुइछिङले ‘वुसिया सिनेमादेखि एआई बजारसम्म’ विषयमा छलफल सञ्चालन गरेका थिए। कार्यक्रममा चीनको एक अग्रणी एआई कम्पनीका विज्ञ रायन सहभागी हुँदै कृत्रिम बुद्धिमत्ताले फिल्म निर्माण, सम्पादन, वितरण र बजार संरचनामा ल्याइरहेको परिवर्तनबारे अनुभव साझा गरेका थिए।

छलफलमा एआईले चलचित्र उद्योगको भविष्य कसरी पुनःपरिभाषित गरिरहेको छ भन्ने विषय प्रमुख रूपमा उठाइएको थियो। ‘द मास्टर’ र ‘आई एम ह्वाट आई एम–२’ चलचित्र पनि प्रदर्शन गरिएका थिए। ‘द मास्टर’ले चिनियाँ मार्सल आर्ट परम्परा र वीरताको यथार्थवादी चित्रण प्रस्तुत गरेको थियो भने ‘आई एम ह्वाट आई एम–२’ मा डिजिटल दृश्य प्रभावमार्फत युवाहरूको सपना, संघर्ष र आत्मविश्वासको कथा देखाइएको छ ।

चलचित्र प्रदर्शनपछि ‘द मास्टर’का निर्देशक स्यु हाओफेङ र ‘आई एम ह्वाट आई एम–२’का सहनिर्माता ली यिलिनले भर्चुअल माध्यमबाट दर्शकसँग प्रत्यक्ष संवाद गरेका थिए। उनीहरूले चिनियाँ चलचित्रको अन्तर्राष्ट्रिय बजार, मार्सल आर्ट सौन्दर्यशास्त्र र एनिमेसनको विश्वव्यापी सम्भावनाबारे विचार राखेका थिए।

फिल्म प्रदर्शन र शैक्षिक कार्यक्रमसँगै ‘वुसिया फेयर’ तथा परम्परागत हस्तकला कार्यशालाले पनि सहभागीको ध्यान खिचेको थियो। स्थानीय कलाकारको सहयोगमा विद्यार्थीहरूले हस्तनिर्मित सामग्री तयार पार्दै चिनियाँ र नेपाली संस्कृतिबीचको साझा भावनालाई अनुभव गर्ने अवसर पाएका थिए।

यसै क्रममा एआई प्रविधिको प्रयोगबाट तयार गरिएको प्रदर्शनीको आधिकारिक गीत ‘द एन्डलेस राइड’ समेत सार्वजनिक गरिएको थियो। आयोजकका अनुसार उक्त गीतले हिमालय क्षेत्रका युवाहरूबीचको संवाद र सभ्यतागत आदानप्रदानलाई समकालीन संगीतमार्फत अभिव्यक्त गरेको छ।

प्रदर्शनी आयोजना भएको समयमै नेपालका परराष्ट्रमन्त्री चीन भ्रमणमा रहेकाले यस कार्यक्रमलाई दुई देशबीचको सांस्कृतिक कूटनीतिक सम्बन्धसँग पनि जोडेर हेरिएको छ। आयोजकले हिमालयन रिम फिल्म प्रदर्शनीलाई केवल चलचित्र महोत्सव नभई विभिन्न सभ्यता, संस्कृति र युवा सिर्जनशीलताबीचको संवादको मञ्चका रूपमा व्याख्या गरेका छन्।

आयोजकका अनुसार यो कार्यक्रमले चिनियाँ वुसिया संस्कृतिलाई नेपाली दर्शकमाझ पुर्याउनुका साथै नेपाल र चीनका फिल्मकर्मी, विद्यार्थी तथा युवा सर्जकहरूबीच दीर्घकालीन सहकार्यको आधार पनि तयार गरेको छ। चलचित्र, प्रविधि र संस्कृतिलाई एउटै सूत्रमा बाँध्दै सम्पन्न भएको प्रदर्शनीले भविष्यमा एसियाली चलचित्र उद्योगबीच थप सहकार्य र आदानप्रदानको सम्भावना बलियो बनाएको विश्वास व्यक्त गरिएको छ।

प्रकाशित: २०८३ असार ३ गते बुधबार ०१:३३
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना