काठमाडौं–नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्ना ईभी अर्थात् विद्युतीय गाडी किन्न चाहने ग्राहकका लागि अत्यधिक छिट्टो, सरल र सहज गाडी फाइनान्सिङ सुविधा ल्याएको छ।
यस्तो सुविधा नेपालभरि फैलिएका सिप्रदी तथा सिप्रदीका आधिकारिक डिलरसिपबाट उपलब्ध हुने कम्पनीले बताएको छ। २ वर्षदेखि नेपाली बजारमा बिक्री भइरहेका नेक्सन ईभी र टिगोर ईभीको ८० प्रतिशतसम्म गाडी फाइनान्सिङ अब तीन दिनभित्रै हुनेछ।
उक्त फाइनान्सिङ नेपालभरि फैलिएका विभिन्न क वर्गका बैंकद्वारा १०. ०५ प्रतिशतको न्यूनतम ब्याजदरमा उपलब्ध हुने कम्पनीले जनाएको छ। टाटा मोटर्सका ईभी गाडीको छिटो तथा सरल गाडी फाइनान्सिङ सुविधा एभरेस्ट, नबिल, एनएमबी, ग्लोबल आईएमई तथा प्रभु बैंकका सञ्जालबाट उपलब्ध हुने कम्पनीले बताएको छ।
