काठमाडौं–यामाहा नेपालले देशभरका दुईपांग्रे सवारीसाधन लक्षित यामाहा ट्याक्स रिल्याक्स अफर घोषणा गरेको छ। यामाहा ट्याक्स रिल्याक्सअन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै कभर हुनेछ।
दुईपांग्रे सवारीसाधनको प्रारम्भिक खरिदमा लागत मात्रै समावेश नभई अन्य खर्च पनि लाग्ने हुन्छ। यामाहा ट्याक्स रिल्याक्सले ग्राहकका अन्य आर्थिक बोझको चिन्ता हटाउन यो अफर ल्याइएको यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए।
यामाहाले यसबाहेक विभिन्न आकर्षक अफर पनि उपलब्ध गराइरहेको छ। शून्य प्रतिशत ब्याजदरदेखि आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल वा स्कुटर खरिद गर्न सकिन्छ।


