काठमाडौँ: गत वैशाख २५ गतेदेखि हलमा चलिरहेको स्वस्तिमा खड्का फेम्ड चलचित्र लालीबजारको कमाइ १० करोड नजिक पुगेको छ। सोमबार सार्वजनिक बक्स अफिस तथ्यांकअनुसार चलचित्रले ३ लाख १५ हजार ७२४ टिकट बिक्री गर्दै १ करोड २८ लाख रुपैयाँ कमाएको छ।
यस्तै जेठ दोस्रो सातादेखि प्रदर्शनरत चलचित्र रोल नम्बर १ ले पनि आम्दानी बढाएको छ। रिपोर्टअनुसार उक्त फिल्मले ५७ हजार १३२ टिकट बिक्रीबाट १ करोड ५५ लाख ४६ हजार रुपैयाँ कमाइ गरेको छ।
यस्तै कुम्भले भने ९ हजार ८७५ टिकट बिक्री गर्दै ४ लाख २५ हजार ८८५ रुपैयाँ आम्दानी गर्न सकेको छ।


