२०८३ कार्तिक १२ गते बुधबार

बेलायतका राजा चार्ल्सले कर विवरण सार्वजनिक गर्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ११
Britain Royals Trooping the Colour
Britain's King Charles III salutes the troops outside Buckingham Palace during Trooping The Colour, the King's annual birthday parade, in London, Saturday, June 13, 2026. (AP Photo/Kirsty Wigglesworth)

लन्डन,एपी। बेलायती राजतन्त्रमा पारदर्शिता बढाउने प्रयासस्वरूप राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्। यससँगै उनी व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने पहिलो बेलायती राजा बन्ने अपेक्षा गरिएको छ।

यो विवरण बकिङ्घम दरबारले सार्वभौम अनुदानसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा सार्वजनिक गर्ने तयारी गरेको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन्। सार्वभौम अनुदानमार्फत बेलायती करदाताले राजतन्त्रका गतिविधिहरूका लागि आर्थिक सहयोग गर्दै आएका छन्। गत वर्ष दरबारले आठ करोड ६३ लाख पाउन्ड खर्चको विस्तृत विवरणसहित १५९ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनमा दरबारको नवीकरण खर्चसमेत समावेश थियो।

राजा चार्ल्सले वेल्सका राजकुमार रहँदा आफ्नो व्यक्तिगत आम्दानीमा तिरेको करबारे जानकारी सार्वजनिक गर्दै आएका थिए। तर, सन् २०२२ मा रानी एलिजाबेथ द्वितीयको निधनपछि सिंहासनमा आरोहण गरेयता उनले पहिलो पटक राजाको हैसियतमा यस्तो विवरण सार्वजनिक गर्न लागेका हुन्। वेल्सका राजकुमार विलियमले पनि आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

राजपरिवारका सदस्य एन्ड्र्यु माउन्टब्याटन–विन्डसरसँग सम्बन्धित विवादपछि राजतन्त्रको आर्थिक तथा प्रशासनिक गतिविधिमा थप पारदर्शिता आवश्यक रहेको माग बेलायतमा बढ्दै गएको छ। राजाका कान्छा भाइ एन्ड्र्यु सार्वजनिक पदको दुरुपयोगसम्बन्धी आरोपको अनुसन्धानमा छन्। उनलाई शाही सम्पत्तिबाट बाहिरिन बाध्य पारिएको थियो।

दरबार निकट स्रोतहरूका अनुसार राजा चार्ल्सले राजतन्त्रप्रति जनविश्वास बढाउने तथा जवाफदेहिता सुदृढ गर्ने उद्देश्यले व्यक्तिगत रूपमा कर विवरण सार्वजनिक गर्ने निर्णय गरेका हुन्। आधुनिक लोकतन्त्रमा राजतन्त्रको भूमिकामाथि उठिरहेका प्रश्नका बीच उनले लामो समयदेखि राजसंस्थालाई सानो, कम खर्चिलो र उत्तरदायी बनाउने प्रयास गरिरहेका छन्।

राजा चार्ल्सको व्यक्तिगत सम्पत्ति करिब ६८ करोड पाउन्ड रहेको अनुमान गरिएको छ। बेलायतका धनी व्यक्तिहरूको सूचीमा उनी शीर्ष २५० भित्र पर्छन्। कानूनी रूपमा राजालाई आयकर तिर्नुपर्ने बाध्यता नभए पनि उनले आफ्नो निजी आम्दानीमा स्वेच्छिक रूपमा कर तिर्दै आएका छन्। सन् १९९३ मा विन्डसर क्यासलमा लागेको आगलागीपछि सार्वजनिक दबाब बढेपछि रानी एलिजाबेथ द्वितीयले पनि स्वेच्छिक रूपमा कर तिर्न सुरु गरेका थिए।

राजाले सार्वजनिक गर्ने विवरण निजी आम्दानीसँग सम्बन्धित हुने जनाइएको छ। उनको आम्दानीको मुख्य स्रोत स्कटल्यान्डस्थित बालमोरल र इङ्ग्ल्यान्डको स्यान्ड्रिङ्घम एस्टेट, बचत तथा लगानी हुन्।

बालमोरलमा करिब ५० हजार एकड जमिन रहेको छ भने स्यान्ड्रिङ्घममा करिब २० हजार एकड क्षेत्रफल फैलिएको छ। यी दुवै सम्पत्तिका केही भाग सर्वसाधारणका लागि खुला छन् र पर्यटन तथा कृषि गतिविधिबाट पनि आम्दानी हुने गर्दछ।

यद्यपि सार्वभौम अनुदान तथा आधिकारिक जिम्मेवारी पूरा गर्न प्रयोग हुने आम्दानीमा राजाले कर तिर्नु पर्दैन। राजकुमार विलियमको मुख्य निजी आम्दानी डची अफ कर्नवालबाट प्राप्त हुने गर्दछ। करिब एक लाख ३० हजार एकड क्षेत्रफलमा फैलिएको उक्त सम्पत्तिले गत वर्ष दुई करोड २९ लाख पाउन्ड नाफा गरेको जनाएको थियो।

राजा चार्ल्सको कर विवरण सार्वजनिक गर्ने निर्णयलाई बेलायती राजतन्त्रलाई थप पारदर्शी र उत्तरदायी बनाउने प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित: २०८३ असार ११ गते बिहिबार ०१:११
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना