काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यकोन निर्वाचन सम्पन्न भएको छ। अन्तिम मत परिणामअनुसार खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुन्।
जसमा ४९ जना महिला विजयी भएका छन्। पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचनपछि अब दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ ।
यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । खुला उपसभापतिमा विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि डा.स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भएका छन्।
यस्तै, महामन्त्री पदका आकांक्षी कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल (ललितपुर) र शिशिर खनाल तथा राजुनाथ पाण्डले समेत आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्।
अब महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुनेछ। महिला उपसभापतिमा सोबिता गौतम र डा. तोसिमा कार्की प्रतिस्पर्धामा छन्। यसैगरी महामन्त्री पदमा मनीष झा, विपिन आचार्य, सागर ढकाल, गणेश कार्की उम्मेदवार छन्। रञ्जु दर्शनाले उम्मेदवारी फिर्ता लिएर आचार्यलाई समर्थन गरेकी छन्।
पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि हुन नसकेकाले केही निर्धारित समयभन्दा ढिला मतदान सुरु भएको बताइएको छ।
यी हुन् पहिलो चरणको निर्वाचनबाट निर्वाचित केन्द्रीय सदस्यहरू













