काठमाडौँ: हाल हलहरूमा प्रदर्शनरत नेपाली चलचित्रहरूमध्ये स्वस्तिमा खड्का फेम्ड ‘लालीबजार’ १० करोड क्लबमा प्रवेश गर्ने लाइनमा देखिएको छ।
आइतबार राति ११ः५९ बजेसम्मको आधिकारिक बक्सअफिस रिपोर्टअनुसार यो चलचित्रले ९ करोड ३२ लाख ९ हजार कमाइ गरेको छ। ३ लाख १७ हजार १२ वटा टिकट बिक्रीबाट ‘लालीबजार’ले उक्त कलेक्सन गरेको हो।
रिपोर्टअनुसार ‘रोल नम्बर १’ पनि करोड क्लबमा प्रवेश गरिसेकको छ। यस फिल्मले ६१ हजार १६६ वटा टिकट बिक्री गर्दै १ करोड ७४ लाख ८५ हजार कमाइ गरेको छ।
जितु नेपालको निर्माण तथा अभिनय रहेको फिल्म ‘आईएम जितबहादुर’ को कमाइ भने एकदमै नाजुक देखिएको छ। असार पहिलो सातादेखि प्रदर्शनरत उक्त चलचित्रको टिकट ९ हजार ७४२ वटा मात्रै बिकेका छन्। हालसम्म ‘आईएम जितबहादुर’ ले ३१ हजार ३६ हजार रुपैयाँ मात्रै कमाइ गरेको छ।
रमेश उप्रेतीको अभिनय रहेको ‘जाँड’ फ्लप भएको छ। यस फिल्मको ५६९ वटा मात्रै टिकट बिक्री भएका छन्।


