२०८३ कार्तिक ११ गते मङ्गलबार

घरजग्गा कारोबारमा सुधारको संकेतः एक खर्ब ८३ अर्बको किनबेच, काठमाडौँमा २२३ प्रतिशत बढ्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २२
eQmk’/sf] l;kf8f]ndf v]ltof]Uo hldg df;]/ ul/Psf] Knl6ª . tl:a/

काठमाडौँ: घरजग्गा कारोबारमा सुधारको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासमा घरजग्गा कारोबार, कारोबार रकम, सरकारी राजस्व तथा बैंक कर्जामा उल्लेख्य वृद्धि भएको छ।

राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले केही समयदेखि सुस्त रहेको घरजग्गा बजार पुनः चलायमान बन्दै गएको देखाएको छ।

प्रतिवेदनअनुसार समीक्षा अवधिमा देशभर घरजग्गा कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशत बढेको छ। गत वर्ष यही अवधिमा कारोबार संख्या ४.५२ प्रतिशत घटेको थियो।

सबैभन्दा उल्लेखनीय सुधार कारोबार रकममा देखिएको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा करिब एक खर्ब ७ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएकोमा यस वर्ष सोही अवधिमा एक खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

कारोबार बढेसँगै सरकारको राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ। घरजग्गा कारोबारबाट प्राप्त हुने राजस्व २३.७२ प्रतिशत बढेको छ भने पूँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) संकलन ३१.४२ प्रतिशत वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

प्रादेशिक रूपमा बागमती प्रदेश घरजग्गा कारोबारको केन्द्र बनेको छ। यहाँ कारोबार संख्या ३३.०१ प्रतिशत बढ्दा कारोबार रकम भने १३१.५२ प्रतिशत उकालो लागेको छ।

स्थानीय तहहरूमध्ये काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै वृद्धि देखिएको छ। काठमाडौंमा घरजग्गा कारोबार संख्या १०८.४२ प्रतिशत बढेको छ। भने कारोबार रकम २२३.१२ प्रतिशतले वृद्धि भएको छ। यसबाहेक पोखरा, ललितपुर, वीरगञ्ज र विराटनगरमा पनि कारोबारमा उल्लेख्य सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा पनि सकारात्मक वृद्धि देखिएको छ। समीक्षा अवधिमा आवासीय घरजग्गासहित यस क्षेत्रतर्फ प्रवाह भएको कर्जा ५.५५ प्रतिशतले बढेको छ। जसले लगानीकर्ता र सर्वसाधारणको घरजग्गा क्षेत्रमा बढ्दो विश्वासलाई संकेत गरेको छ।

उपमहानगरपालिकामध्ये बुटवलमा कारोबार संख्या ५६.७९ प्रतिशत बढेको छ। तुलसीपुरमा कारोबार रकम १३४.५६ प्रतिशत वृद्धि भएको छ।

प्रकाशित: २०८३ असार २२ गते सोमबार ०६:२७
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना