२०८३ कार्तिक १२ गते बुधबार

एआई क्षेत्रको लगानीमा नयाँ कीर्तिमान, पुग्यो एक हजार खर्ब डलर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २४
ai_tech

जेनेभा,एएफपी। कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर, डाटा, अनुसन्धान तथा विकासलगायत अमूर्त सम्पत्तिमा भएको विश्वव्यापी लगानी अत्याधिक भएको छ।

गत वर्ष सन् २०२५ मा यस क्षेत्रमा एक हजार खर्ब अमेरिकी डलर नाघ्दै लगानीमा नयाँ कीर्तिमान कायम गरेको संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व बौद्धिक सम्पत्ति संगठन (डब्लुआइपीओ) ले जनाएको छ।

डब्लुआइपीओका अनुसार अनुसन्धान तथा विकास, सफ्टवेयर, डाटा, ब्रान्ड, डिजाइन र संस्थागत ज्ञानमा हुने लगानी अहिले विश्व अर्थतन्त्रको बढ्दो आधार बन्दै गएको छ।

विश्व कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५७ प्रतिशत हिस्सा ओगट्ने २९ अर्थतन्त्रमा सन् २०२५ मा अमूर्त लगानी एक हजार खर्ब डलरभन्दा माथि पुगेको प्रतिवेदनमा उल्लेख छ। अध्ययनमा अमेरिका, युरोपेली संघ (इयु) का सदस्य राष्ट्र, बेलायत, जापान, भारतलगायत देश समेटिए पनि चीन समावेश गरिएको छैन।

विश्वव्यापी वैदेशिक लगानी बढेर पुग्यो १६ खर्ब डलर,डाटा सेन्टर, तेल र सेमिकन्डक्टरमा वृद्धि

डब्लुआइपीओ र रोमस्थित लुइस बिजनेस स्कुलले संयुक्त रूपमा सार्वजनिक गरेको ‘वल्र्ड इन्ट्यान्जिबल इन्भेस्टमेन्ट हाइलाइट्स २०२६’ प्रतिवेदनअनुसार सन् २००८ यता अमूर्त लगानी वार्षिक औसत ३.५ प्रतिशत बढेको छ।

सोही अवधिमा भौतिक सम्पत्तिमा भएको लगानीको वार्षिक वृद्धि भने करिब ०.९८ प्रतिशत मात्रै रहेको छ। यसले विश्वव्यापी लगानीको स्वरूप स्थायी रूपमा परिवर्तन हुँदै गएको र मूल्य सिर्जनामा अमूर्त सम्पत्तिको भूमिका निरन्तर बढिरहेको प्रतिवेदनले जनाएको छ।

सन् २०२५ मा करिब ५०० खर्ब अमेरिकी डलरसहित अमेरिका अमूर्त लगानीमा सबैभन्दा अगाडि रहेको छ। यो दोस्रो स्थानको जापानको तुलनामा झन्डै छ गुणा बढी हो भने जर्मनी तेस्रो स्थानमा रहेको छ।

जीडीपीको अनुपातका आधारमा स्विडेन सबैभन्दा बढी अमूर्त लगानी गर्ने अर्थतन्त्र बनेको छ। त्यहाँ यस्तो लगानी जीडीपीको १७.४ प्रतिशत पुगेको छ। त्यसपछि अमेरिका १५.६ प्रतिशत र फ्रान्स १५.२ प्रतिशतका साथ रहेका छन्। वृद्धि दरका हिसाबले भारत, जापान र फिलिपिन्स अग्रस्थानमा रहेको प्रतिवेदनले देखाएको छ।

डब्लुआइपीओका अनुसार उच्च ब्याजदर, व्यापारिक तनाव र आर्थिक सुस्तताका बीच पनि अमूर्त लगानी भौतिक लगानीभन्दा बढी लचिलो देखिएको छ। सन् २०२० देखि २०२५ सम्म अमूर्त लगानी वार्षिक ५.५ प्रतिशत बढ्दा भौतिक लगानीको वृद्धि ३.२ प्रतिशतमा सीमित भएको छ।

प्रतिवेदनले एआईलाई यस परिवर्तनको प्रमुख चालक मानेको छ। प्रारम्भिक चरणमा एआईले डाटा सेन्टर, सेमिकन्डक्टर र ऊर्जा पूर्वाधारमा भौतिक लगानी बढाए पनि यसको दीर्घकालीन प्रभाव मुख्यतः सफ्टवेयर, डाटा, अनुसन्धान तथा विकास र संस्थागत पुनर्संरचनामा हुने लगानीमार्फत देखिएको उल्लेख गरिएको छ।

सन् २०१३ देखि २०२३ सम्म सफ्टवेयर र डाटाबेस क्षेत्रमा भएको लगानी सबै अमूर्त सम्पत्ति समूहमा सबैभन्दा तीव्र, वार्षिक ७.३ प्रतिशतका दरले बढेको छ। संगठात्मक पूँजीमा ४.९ प्रतिशत र ब्रान्डमा ४.४ प्रतिशत वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

ब्रान्डमा गरिएको लगानी पनि सन् २०२५ मा १४० खर्ब अमेरिकी डलर पुगेको छ। यसमध्ये अमेरिकाले ५६६ अर्ब डलरभन्दा बढी लगानी गर्दै अग्रस्थान कायम राखेको छ भने बेलायत १३७ अर्ब डलर र जापान ११२ अर्ब डलरसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

सन् १९६७ मा स्थापना भएको जेनेभास्थित डब्लुआइपीओले विश्वभरका सिर्जनशील व्यक्ति र उद्यमीलाई बौद्धिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापनमा सहयोग गर्दै आएको छ।

प्रकाशित: २०८३ असार २४ गते बुधबार ०८:१२
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना