काठमाडाैँ- सामसङले शून्य प्रतिशत ब्याजदरको फाइनान्सिङ सुविधासहित स्मार्टफोन किन्न सकिने अफर सार्वजनिक गरेको छ। २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामसङ स्मार्टफोन खरिद गर्ने ग्राहकहरूका लागि यो अफर लागू हुने कम्पनीले जनाएको छ।
यसका लागि कुनै क्रेडिट कार्डको आवश्यक नपर्ने कम्पनीले जनाएको छ। किस्ताबन्दीमा फोन लिनका लागि आवेदकको नागरिकता प्रमाणपत्र, र फोटो, ग्यारेन्टर बस्नेको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र भने आवश्यक पर्नेछ।
साथै ग्राहकले ४० प्रतिशत अग्रिम भुक्तानी तिर्नुपर्नेछ।


