२०८३ कार्तिक १२ गते बुधबार

रेखा र धर्मेन्द्रको साझेदारीमा ‘सइँको घर काँ हो काँ’ [भिडियो]

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार ८
SAINKO GHAR THUMBNAILS

काठमाडौँ- २०२० को दशकमा गीत सङ्कलन, सङ्गीत र गायनबाट ख्याति कमाई राजामहाराजाहरूबाट समेत प्रशंसित स्व. सरोजगोपाल वज्रचार्य, गायक तथा सङ्कलक बुद्धि परियार र गायिका बाबा राणाले ४ दशकअघि रेकर्ड गरेको गीत ‘सइँको घर काँ हो काँ’ पुन: रेकर्ड भई भिडियो र अडियोमा सार्वजनिक भएको छ। सरोजगोपाल र बुद्धि परियारको लय र शब्द सङ्कलन रहेको गीतमा मौलिक स्वर सरोजगोपाल, बुद्धि परियार र बाबा राणा रहेको थियो।

बुद्धि परियारका सुपुत्र धर्मेन्द्र सेवानसँग रेखा शाहलाई युगल गाउने सर्तमा पुन: रेकर्डिङको अनुमति दिएको केही समयपश्चात् सरोजगोपालको असामयिक निधन भएको थियो।

‘मेरी बैनी र छोरासरहका रेखा शाह र धर्मेन्द्र बाबुले यो गीत पुन: रेकर्ड गरी बजारमा ल्याउँदा म भावुक मात्रै बनिनँ, ४० वर्षअघिको समयमा समेत पुगें,’ गायिका बाबा राणाले भनिन्।

गीत सार्वजनिक गर्दै गायिका रेखा शाहले भनिन्, ‘सानै उमेरदेखि मैले निकै गुनगुनाउने गीत हो यो । सौभाग्यबस मैले मेरै आवाजमा रेकर्ड गर्न पाएँ । अब यो गीत अर्को पुस्तामा पुस्तान्तरण हुनेमा म ढुक्क छु। सरोजगोपाल भिनाजु र बाबा दिज्यूको आशीर्वाद पक्कै रहनेछ।’

बुवा र अंकलको गीतलाई आफ्नो आवाजमा पुन: रेकर्ड गर्न पाएकोमा गायक धर्मेन्द्र सेवानले अर्को एउटा गीतको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण भएको बताए । उनले भने, ‘बुवाका गीतहरू क्रमश: यसरी नै पुन: रेकर्ड गरि बजारमा ल्याउनेछु।’

नयाँ रेकर्ड गरिएको गीतमा गोपाल रसाइलीको सङ्गीत संयोजन र भानुभक्त ढकालको रेकर्डिङ रहेको छ। स्टुडियो भर्सनमा सार्वजनिक भएको भिडियोमा रेखा शाह र धर्मेन्द्र सेवानले गायक/गायिकाको रूपमा अभिनय गरेका छन्।

भिडियोलाई रूपेश थापले निर्देशन गरेका हुन् भने रेखा शाहले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन्।

भिडियो लिंक:

प्रकाशित: २०८० असार ८ गते शुक्रबार १२:२५
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना