काठमाडौँः आज मंगलबार सुनको मूल्य घटेको छ । सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।


