२०८३ कार्तिक ११ गते मङ्गलबार

एन्डी बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १
Untitled

 

लन्डन,एएफपी। बेलायतको सत्तारूढ लेबर पार्टीले शुक्रबार विशेष सम्मेलनमार्फत अनुभवी राजनीतिज्ञ एन्डी बर्नह्यामलाई पार्टीको नयाँ नेता तथा देशको आगामी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा पुष्टि गर्दैछ।

संसद्मा लेबर पार्टीको स्पष्ट बहुमत रहेकाले उनले सोमबार १० डाउनिङ स्ट्रिटमा किर स्टारमरको स्थान ग्रहण गर्ने तयारी गरेका छन्। सांसदका रूपमा नौ वर्षपछि पुनरागमन गरेको चार सातामै उनी प्रधानमन्त्री बन्न लागेका हुन्।

५६ वर्षीय बर्नह्याम पछिल्लो एक दशकमा बेलायतको सातौँ प्रधानमन्त्री बन्ने भएका छन्। बेलायती राजनीतिमा आफ्नै दलका नेतामाथि सांसदहरूले दबाब सिर्जना गर्ने परम्पराकै निरन्तरतामा स्टारमरको बहिर्गमनपछि उहाँ नेतृत्वमा पुगेका हुन्।

ग्रेटर म्यानचेस्टरका लगातार तीन कार्यकालका मेयर बर्नह्यामलाई ‘उत्तरका राजा’ भन्ने उपनामले पनि चिनिन्छ। लेबर नेतृत्वका लागि उनीविरुद्ध कसैले चुनौती नदिएपछि निर्विरोध रूपमा नेता चयन हुने भएका छन्। यसअघि सन् २०१० र २०१५ मा क्रमशः एड मिलिब्यान्ड र जेरेमी कोर्बिनसँग पराजित भएपछि उनी तेस्रो प्रयासमा पार्टी नेतृत्वमा पुग्न सफल भएका हुन्।

सन् २००१ देखि २०१७ सम्म सांसद तथा पूर्वसरकारी मन्त्री रहेका बर्नह्यामले पछिल्ला वर्षहरूमा आफूलाई जनमुखी नेताका रूपमा स्थापित गरेका छन्। सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, सहज प्रस्तुति र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने शैलीका कारण उनले व्यापक लोकप्रियता हासिल गरेको मानिन्छ।

लेबर सांसदहरूले बर्नह्यामले स्टारमरभन्दा प्रभावकारी रूपमा जनतासँग संवाद गर्न सक्ने, जर्जर सार्वजनिक सेवामा सुधार ल्याउन सक्ने तथा सुस्त अर्थतन्त्रलाई पुनर्जीवित गर्न थप साहसी नीति अघि बढाउने अपेक्षा गरेका छन्।

बुधबार पूर्वफुटबलर ग्यारी लिनेकरसँगको पोडकास्टमा उनले देशलाई आशा र आत्मविश्वासको नयाँ अनुभूति दिलाउनुपर्ने आवश्यकता औँल्याउँदै बेलायत सही दिशातर्फ फर्किरहेको अनुभूति जनतामा दिलाउनुपर्ने बताएका थिए।

सन् २०२९ मा अपेक्षित आमनिर्वाचनअघि आप्रवासनविरोधी नाइजेल फराज नेतृत्वको रिफर्म युके पार्टीको बढ्दो प्रभाव रोक्न पनि बर्नह्याम नै लेबरका लागि सबैभन्दा बलियो विकल्प भएको पार्टीभित्र विश्वास गरिएको छ।

स्टारमरले जुलाई २०२४ मा १४ वर्षपछि लेबरलाई सत्तामा फर्काउन सफल भए पनि त्यसपछि घरेलु नीतिगत विवाद, वासिङ्टनका लागि पिटर म्यान्डल्सनलाई राजदूत नियुक्त गरेको निर्णय तथा स्थानीय निर्वाचनमा कमजोर प्रदर्शनले उनको नेतृत्व निरन्तर दबाबमा परेको थियो।

मे महिनाको स्थानीय तथा क्षेत्रीय निर्वाचनको निराशाजनक परिणाम र त्यसपछि जुन १८ मा बर्नह्यामले संसदीय उपनिर्वाचन जितेपछि नेतृत्व परिवर्तनको माग तीव्र बनेको थियो। अधिकांश लेबर सांसदहरूले समर्थन फिर्ता लिएपछि स्टारमरले २२ जुनमा राजीनामा घोषणा गरेका थिए।

सोही दिन संसद्मा शपथ लिएपछि बर्नह्यामलाई दर्जनौँ सांसदहरूले स्वागत गरेका थिए। यसलाई उनीप्रति पार्टीको समर्थनको स्पष्ट सङ्केतका रूपमा हेरिएको थियो। उनले लेबरका ४०३ सांसदमध्ये ३७९ जनाको समर्थन प्राप्त गरेका छन् भने नेतृत्वका लागि आवश्यक ८१ सांसदको समर्थन जुटाएर चुनौती दिने कोही अघि आएनन्।

पार्टीको नरम वामपन्थी धारबाट आएका बर्नह्यामले सांसदहरूको विश्वासप्रति गहिरो आभार व्यक्त गर्दै वेस्टमिन्स्टरकेन्द्रित शासनको सट्टा अधिकार र स्रोतलाई बेलायतका अन्य सहर तथा क्षेत्रसम्म विस्तार गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन्। उनले राजधानी बाहिरका क्षेत्रलाई विकासमा समान अवसर उपलब्ध गराउने र समग्र अर्थतन्त्रलाई सर्वसाधारणमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यद्यपि प्रधानमन्त्रीका रूपमा उहाँले सुस्त अर्थतन्त्र, बढ्दो सरकारी ऋणको लागत, सार्वजनिक सेवा सुधार, साना डुङ्गामार्फत आउने अनियमित आप्रवासन तथा रिफर्म युकेको बढ्दो राजनीतिक प्रभावजस्ता चुनौती सामना गर्नुपर्नेछ ।

अमेरिका–इरान युद्धका कारण ऊर्जा बजारमा देखिएको अनिश्चितता र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिगत उतारचढावले पनि उहाँको सरकारमाथि थप दबाब सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ ।

राजा चार्ल्स तृतीयसँग भेट गरी औपचारिक रूपमा पदभार ग्रहण गर्ने तयारीमा रहेका बर्नह्यामले सन् २०२४ को चुनावी घोषणापत्रअनुसार मुख्य कर नबढाउने प्रतिबद्धता दोहोर्‍याएका छन्।

साथै रक्षा क्षेत्रमा चार वर्षभित्र आवश्यक चार दशमलव सात अर्ब पाउन्डको अतिरिक्त लगानीको स्रोत व्यवस्थापन गर्नुका साथै कल्याणकारी सुधारका जटिल विषयलाई पनि सन्तुलित रूपमा अघि बढाउनुपर्ने चुनौती उहाँसामु रहनेछ।

 

प्रकाशित: २०८३ साउन १ गते शुक्रबार १०:२८
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना