काठमाडौँः नेपाली बजारमा शुक्रबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ मा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रति तोला १२५ रुपैयाँले घटेर ४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य ४ हजार ३२५ रुपैयाँ प्रतितोला रहेको थियो।


