काठमाडौँः आइतबार (आज) सुनचाँदीको मूल्य बढेको छ । आज सुनको भाउ आज तोलामा १९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार २ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।


