२०८३ कार्तिक १२ गते बुधबार

भुसाल ग्रुपको बनाइरहेको र्‍याडिसन होटलमा नयाँ लगानीकर्ताको प्रवेश, एक अर्ब २० करोड लगानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ४
radisson_hotel

काठमाडौँ: व्यावसायिक घराना भुसाल ग्रुपले भैरहवामा बनाइरहेको पाँचतारे होटल र्‍याडिसनमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ। सुस्त गतिमा निर्माण भइरहेको र्‍याडिसन होटलमा गरिमा होल्डिङ्ग्स लिमिटेड र रारा इको इन्भेष्टमेन्ट लिमिटेडको प्रवेश भएको हो।

गरिमा र रारा दुवै समूहको जलविद्युत र बैंकलगायतको क्षेत्रमा ठूलो लगानी रहेको छ। दुई नयाँ लगानीकर्ताको प्रवेशपछि ३३ प्रतिशत भुसाल ग्रुप, ३३ प्रतिशत रारा इको र ३३ प्रतिशत गरिमाको स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ।

होटलको विकासकर्ता अनन्त हस्पिटालिटी लिमिटेड रहेको छ। होटलको आधा काम सकिएको छ। बाँकी काम आगामी डेढ वर्षमा सञ्चालनमा ल्याइने एक सञ्चालकले नेपाल क्लिक्सलाई जानकारी दिए। नयाँ लगानीकर्ताको प्रवेशपछि होटलको अध्यक्षको जिम्मेवारी कदम केसीले पाएका छन्।

नयाँ लगानीकर्ताले होटलमा एक अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएका छन्। जसअनुसार गरिमाले ६० करोड र रारा इकोले ६० करोड रुपैयाँ लगानी गर्ने भएका हुन्।

होटलमा नयाँ लगानीकर्ता प्रवेशपछि निर्माणले गति लिएको छ। आगामी डेढ वर्षभित्र होटल सञ्चालनमा ल्याउने तयारी भएको एक सञ्चालकले बताए। होटल बनाउन तीन अर्ब रुपैयाँ लाग्ने भएको छ।

होटलमा नयाँ लगानीकर्ताको प्रवेशसँग एभरेष्ट बैंकले पनि एक अर्ब १० करोड रुपैयाँ ऋण लगानीको सम्झौता गरेको छ। बैंक र विकासकर्ता अनन्त हस्पिटालिटीबीच ऋण लगानी सम्झौता भइसकेको छ।

होटलमा ऋण भन्दा पनि स्वपुँजी (इक्विटी) बढी लगानी हुने भएको छ। जसअनुसार ६५ प्रतिशत संस्थापकको इक्विटी र बाँकी ३५ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ।

लगानीकर्ताहरूको होटल बिजनेस पहिलो हो। होटल बिजनेस नयाँ भएकाले ऋण भारको जोखिम कम लिन स्वपुँजी बढी लगानी गर्ने ती सञ्चालकले जानकारी दिए। पछिल्लो समय होटल व्यवसायले समस्या भोगेका कारण ऋण कम लिएको उनको भनाई छ।

होटलको फ्रेन्चाइज र सञ्चालन तथा व्यवस्थापनको जिम्मा र्‍याडिसनले लिएको छ। र्‍याडिसन ब्राण्डमा होटल सञ्चालन हुने भएको छ। होटल नेपाल–भारत सीमा भैरहवाको बेलैयामा निर्माण भइरहेको छ।

यसअघि भुसाल ग्रुपले मेगा होटलको नाममा सञ्चालनमा ल्याउने तयारी गरेको थियो। होटलको सुरुवाती लागत एक अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको थियो। कोभिड महामारीले समय थपिएपछि लागत बढेर डेढ अर्ब रुपैयाँसम्म पुगेको थियो।

साढे दुई बिघा क्षेत्रफलमा फैलिएको सो होटल एट सेपमा निर्माण भइरहेको छ। होटलमा ११७ वटा कोठाहरू हुने छन्। एउटा प्रेसिडेन्टल रुमसहित १६ वटा स्विट र बाँकी डिलक्स खालका रुम रहने भएका छन्।

होटलमा तीन रेष्टुराँ, झण्डै हजार जना अट्ने बैंक्वेट हल, दुई मिटिङ हल, स्पा, स्वीमिङ पुल,क्यासिनोका साथै स्पोर्टस सेन्टर रहने छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० मिनेटमा होटल पुग्न सकिनेछ। भुसाल ग्रुपले एक अर्ब रुपैयाँ लगानीमा विशाल सिमेन्ट खरिद गरेको थियो। पछि उक्त सिमेट उद्योग बिक्री गरिसकेको छ।

भुसाल ग्रुप हेभी इक्विपमेन्ट, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सी, केवल उद्योग, प्लाइ उद्योगमा लगानी रहेको छ।

प्रकाशित: २०८३ साउन ४ गते सोमबार ०८:०७
प्रतिक्रिया

थप समाचार

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना