२०८३ साउन ११ गते सोमबार

भुसाल ग्रुपको बनाइरहेको र्‍याडिसन होटलमा नयाँ लगानीकर्ताको प्रवेश, एक अर्ब २० करोड लगानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ४
radisson_hotel

काठमाडौँ: व्यावसायिक घराना भुसाल ग्रुपले भैरहवामा बनाइरहेको पाँचतारे होटल र्‍याडिसनमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ। सुस्त गतिमा निर्माण भइरहेको र्‍याडिसन होटलमा गरिमा होल्डिङ्ग्स लिमिटेड र रारा इको इन्भेष्टमेन्ट लिमिटेडको प्रवेश भएको हो।

गरिमा र रारा दुवै समूहको जलविद्युत र बैंकलगायतको क्षेत्रमा ठूलो लगानी रहेको छ। दुई नयाँ लगानीकर्ताको प्रवेशपछि ३३ प्रतिशत भुसाल ग्रुप, ३३ प्रतिशत रारा इको र ३३ प्रतिशत गरिमाको स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ।

होटलको विकासकर्ता अनन्त हस्पिटालिटी लिमिटेड रहेको छ। होटलको आधा काम सकिएको छ। बाँकी काम आगामी डेढ वर्षमा सञ्चालनमा ल्याइने एक सञ्चालकले नेपाल क्लिक्सलाई जानकारी दिए। नयाँ लगानीकर्ताको प्रवेशपछि होटलको अध्यक्षको जिम्मेवारी कदम केसीले पाएका छन्।

नयाँ लगानीकर्ताले होटलमा एक अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएका छन्। जसअनुसार गरिमाले ६० करोड र रारा इकोले ६० करोड रुपैयाँ लगानी गर्ने भएका हुन्।

होटलमा नयाँ लगानीकर्ता प्रवेशपछि निर्माणले गति लिएको छ। आगामी डेढ वर्षभित्र होटल सञ्चालनमा ल्याउने तयारी भएको एक सञ्चालकले बताए। होटल बनाउन तीन अर्ब रुपैयाँ लाग्ने भएको छ।

होटलमा नयाँ लगानीकर्ताको प्रवेशसँग एभरेष्ट बैंकले पनि एक अर्ब १० करोड रुपैयाँ ऋण लगानीको सम्झौता गरेको छ। बैंक र विकासकर्ता अनन्त हस्पिटालिटीबीच ऋण लगानी सम्झौता भइसकेको छ।

होटलमा ऋण भन्दा पनि स्वपुँजी (इक्विटी) बढी लगानी हुने भएको छ। जसअनुसार ६५ प्रतिशत संस्थापकको इक्विटी र बाँकी ३५ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ।

लगानीकर्ताहरूको होटल बिजनेस पहिलो हो। होटल बिजनेस नयाँ भएकाले ऋण भारको जोखिम कम लिन स्वपुँजी बढी लगानी गर्ने ती सञ्चालकले जानकारी दिए। पछिल्लो समय होटल व्यवसायले समस्या भोगेका कारण ऋण कम लिएको उनको भनाई छ।

होटलको फ्रेन्चाइज र सञ्चालन तथा व्यवस्थापनको जिम्मा र्‍याडिसनले लिएको छ। र्‍याडिसन ब्राण्डमा होटल सञ्चालन हुने भएको छ। होटल नेपाल–भारत सीमा भैरहवाको बेलैयामा निर्माण भइरहेको छ।

यसअघि भुसाल ग्रुपले मेगा होटलको नाममा सञ्चालनमा ल्याउने तयारी गरेको थियो। होटलको सुरुवाती लागत एक अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको थियो। कोभिड महामारीले समय थपिएपछि लागत बढेर डेढ अर्ब रुपैयाँसम्म पुगेको थियो।

साढे दुई बिघा क्षेत्रफलमा फैलिएको सो होटल एट सेपमा निर्माण भइरहेको छ। होटलमा ११७ वटा कोठाहरू हुने छन्। एउटा प्रेसिडेन्टल रुमसहित १६ वटा स्विट र बाँकी डिलक्स खालका रुम रहने भएका छन्।

होटलमा तीन रेष्टुराँ, झण्डै हजार जना अट्ने बैंक्वेट हल, दुई मिटिङ हल, स्पा, स्वीमिङ पुल,क्यासिनोका साथै स्पोर्टस सेन्टर रहने छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० मिनेटमा होटल पुग्न सकिनेछ। भुसाल ग्रुपले एक अर्ब रुपैयाँ लगानीमा विशाल सिमेन्ट खरिद गरेको थियो। पछि उक्त सिमेट उद्योग बिक्री गरिसकेको छ।

भुसाल ग्रुप हेभी इक्विपमेन्ट, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सी, केवल उद्योग, प्लाइ उद्योगमा लगानी रहेको छ।

प्रकाशित: २०८३ साउन ४ गते सोमबार ०८:०७
प्रतिक्रिया

थप समाचार

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।

बुद्ध एयरले थप्यो अत्याधुनिक एटीआर–७२–६०० जहाज, अर्को महिनादेखि उडानमा ल्याइने

कम्पनीले शनिबार फ्रान्सको तुलुसबाट उक्त जहाज नेपाल भित्र्याएको हो।

बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा

हेटौँडा: बागमती प्रदेश सरकारले बागमती प्रदेशका १३ वटै जिल्लाको उद्योग प्रशासन सेवा डिजिटल प्रणाली (अनलाइन सेवा) मा सञ्चालन गर्ने तयारी गरेको छ। उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरबाट उद्योग...

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना