२०८३ साउन ११ गते सोमबार

कामना सेवा विकास बैंकको खुदनाफा साढे ३३ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा ६० करोड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ४
kamana_sewa

काठमाडौं। कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्म उल्लेख्य वित्तीय सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ३३.५० प्रतिशत बढेर ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँ थियो। बैंकका अनुसार लागत घट्नु र खुद ब्याज आम्दानीमा भएको सुधारले नाफा बढाउन सहयोग पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९८ प्रतिशत बढेर दुई अर्ब ४१ करोड आठ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस्तो आम्दानी दुई अर्ब ३१ करोड ८४ लाख ९४ हजार रुपैयाँ थियो।

नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो वर्षको तुलनामा ३ रुपैयाँ ६७ पैसाले वृद्धि हुँदै ईपीएस २२ रुपैयाँ ७५ पैसा पुगेको बैंकले जनाएको छ।

बैंकको सञ्चालन नाफा पनि ३२.८७ प्रतिशत बढेर एक अर्ब ३८ करोड २५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ कायम भएको छ। उक्त नाफालाई आधार मान्दा बैंकको लाभांश क्षमता करिब १५.१६ प्रतिशत देखिन्छ।

यस अवधिमा बैंकको प्रोभिजनिङ रकम घटेको छ। असार मसान्तसम्म बैंकले १३ करोड ६५ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। प्रोभिजनिङमा आएको कमीले पनि बैंकको समग्र नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ।

यद्यपि, बैंकको खराब कर्जा अनुपात भने बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ३.४९ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा बढेर ३.७७ प्रतिशत पुगेको छ।

असार मसान्तसम्म बैंकको चुक्ता पुँजी चार अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा दुई अर्ब १४ करोड १३ लाख रुपैयाँ सञ्चित छ। बैंकले यस अवधिसम्म ६६ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ।

प्रकाशित: २०८३ साउन ४ गते सोमबार ०३:०३
प्रतिक्रिया

थप समाचार

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ३ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित खुलामुखी सामूहिक लगानी कोष योजना ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ ले इकाईधनीलाई ३ प्रतिशत नगद लाभांश वितरण गर्ने...

यस्तो हुनेछ चुच्चे नक्सासहितको एक रूपैयाँको सिक्का

काठमाडौँ: सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्दै त्यसमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएको नयाँ डिजाइन...

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा...

तीन प्रतिष्ठित अवार्ड पाएपछि नबिल बैंकको प्रतिक्रियाः ‘यो विश्वासको परिणाम हो’

काठमाडौँः नबिल बैंक लिमिटेड विश्वस्तरका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंक युरोमनी अवाड्र्स फर एक्सिलेन्स अन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना