२०८३ कार्तिक ११ गते मङ्गलबार

बेलायतमा राजनीतिक अस्थिरताः एक दशकमा एन्डी बर्नहम बने सातौं प्रधानमन्त्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ५
Untitled

लण्डन,एएफपी। बेलायतमा एन्डी बर्नहम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रबार लेवर पार्टीको नेता बनेका ५६ वर्षीय बर्नम आफ्नै दलका सर किअर स्टार्मरलाई विस्थापित गर्दै सोमबार बेलायतको ५९औँ प्रधानमन्त्री बनेका हुन्।

बकिङ्गम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चाल्र्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेको जनाएको छ। दरबारको विज्ञप्तिमा राजाको उक्त आह्वान बर्नहमले स्वीकार गरेको जनाइएको छ।

उनी पाँच वर्षभित्रै बेलायतको प्रधानमन्त्री बन्ने चौथो व्यक्ति हुन्।

यसअघि जुन २२ मा सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका स्टार्मरले सोमबार राजा चाल्र्सलाई बकिङ्गम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए।

त्यसअघि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै दुई वर्षअघिभन्दा देश ‘बलियो’ बनेको बताए। उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ हुने बताए।

लेबर पार्टी बेलायतको तल्लो सदन ‘हाउस अफ कमन्स’मा बहुमतप्राप्त दल हो। उक्त दलको नेताका रूपमा बर्नहम प्रधानमन्त्री नियुक्त भएका हुन्।

प्रधानमन्त्री बनेपछि उनले संसदीय निर्वाचनको घोषणा गर्न सक्ने छन्। तर, अहिलेम्म उनले ताजा चुनावको विकल्प रोज्ने सैकेत देखाएका छैनन्।

बेलायतमा नियमित तालिकाअनुसार सन् २०२९ को अगस्ट १५ मा आवधिक निर्वाचन हुनेछ।

बर्नहमले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गरेका छन्।

उनी विगतमा सन् २०१० र सन् २०१५ मा गरेर दुई पटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल भएका थिए।

ग्रेटर म्यान्चेस्टरका पूर्वनगरप्रमुख बर्नहम गत जुन महिनामा मात्रै उपनिर्वाचन जितेर सांसद बनेका हुन्।

बकिङ्गम दरबारबाट निस्किएर डाउनिङ स्ट्रीटमा बोलेका बर्नहमले आफू १० वर्षमा देशको सातौँ प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब ‘एउटा समीक्षा र नयाँ संकल्प समय’ भएको बताएका छन्।

उनले बेलायतले विश्वलाई उसले स्थायित्व प्राप्त गर्न सक्ने कुरा देखाउनु आवश्यक रहेको बताए।

उनले आफ्नो चुनौती भनेको नयाँ राजनीतिक र आर्थिक मोडल निर्माण गर्नु र देशको हरेक क्षेत्रलाई ऊर्जावान् बनाउनु रहेकोप्रति पनि जोड दिए।

 

प्रकाशित: २०८३ साउन ५ गते मङ्गलबार ०७:४५
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना