२०८३ कार्तिक १३ गते बिहिबार

स्वास्थ्य हब बन्दै मुलुक, आँखा उपचार गरेर डेढ अर्ब बढी विदेशी मुद्रा भित्र्याउँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ५
unnamed

काठमाडौं। नेपाल विश्वमा सर्वोच्च शिखर सगरमाथा सहित हिमाल, भगवान् गौतमबुद्धको जन्मस्थल, अद्वितीय र अनुकरणीय प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन र पदमार्गको अनुपम गन्तव्य देशका रूपमा परिचित हुँदै आएको छ। तीन ‘ज’ अर्थात् जमिन, जङ्गल र जलस्रोतसहित विशेष गरेर पर्यटन र कृषिलाई नेपालको आर्थिक प्रचूर सम्भावनाका क्षेत्रका रूपमा लिइन्छ।

पछिल्ला वर्षहरूमा नेपालले विशेष गरेर आँखा स्वास्थ्य सेवा क्षेत्रमा फड्को मार्न थालेको छ। यसले नयाँ सम्भावनाको ढोका खोल्दै गएको छ। आँखा स्वास्थ्य सेवाका क्षेत्रमा नेपालले हासिल गरेको प्रगति र अन्तरराष्ट्रिय विश्वासले देशलाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्य (हव) का रूपमा स्थापित गर्ने आधारशिलाहरु तयार गरेको छ ।

आधारशिलाको एउटा अनुपम उदाहरण नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले विदेशी नागरिकलाई प्रदान गरिरहेको आँखा स्वास्थ्य उपचार सेवा हो। हाल संघको सञ्जालभित्र २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्र आबद्ध छन्।

ती आँखा अस्पताल तथा उपचार केन्द्रहरूले आर्थिक वर्ष २०८२०८३ मा मात्र भारत लगायतका विदेशी बिरामीलाई सेवा प्रदान गरी एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा नेपाल भित्रयाएका छन्। ‘गुणस्तरीय सेवा’ वापत यो मुद्रा भित्रयाउनु प्रचूर संभावनाको ढोका खोल्नु हो ।

उपचारका लागि आउने विदेशी बिरामीमध्ये बढी भारतबाट आउने गरेको छन् भने बङ्गलादेश, भुटानलगायत अन्य मुलुकका नागरिकले पनि नेपालका आँखा अस्पतालबाट सेवा लिइरहेका छन्।

यो रकमलाई अस्पतालहरूको आयको तथ्याङ्कका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। यसले नेपालको स्वास्थ्य सेवाप्रति विदेशी नागरिकको बढ्दो विश्वास, नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको दक्षता र यहाँ उपलब्ध नेत्र उपचार सेवाको गुणस्तरलाई समेत प्रतिविम्बित गर्छ। साथै, स्वास्थ्य सेवा पनि नेपालका लागि विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण क्षेत्र बन्न सक्ने सम्भावनालाई यसले स्पष्ट पारेको छ।

सो आवमा नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल पाँच करोड दुई लाख ४८९ आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।

गुणस्तरीय सेवाले निर्माण गरेको अटुट विश्वास

बिरामीका आफन्तले उपचारका लागि बिरामीलाई अर्को देश लैजानु भनेको सामान्य कुरा होइन। उपचारको गुणस्तर, चिकित्सकप्रतिको विश्वास, लागत, पहुँच, सेवा प्राप्त गर्ने अवधि, विगतका बिरामीको अनुभव र आर्थिक लगायतका पक्षहरुले यस्तो निर्णयमा अहं भूमिका खेल्छ।

नेपालमा उपलब्ध अनुभवी नेत्र विशेषज्ञ, आधुनिक प्रविधि तथा उपकरण, शल्यक्रियाको राम्रो नतिजा, बिरामीमैत्री सेवा, तुलनात्मक रूपमा छोटो प्रतिक्षा अवधि र सर्वसूलभ उपचार खर्चका कारण सीमावर्ती क्षेत्रसहित विभिन्न देशका आँखाका बिरामी नेपाली आँखा अस्पतालतर्फ आकर्षित भइरहेका छन्।

नेपाल नेत्रज्योति सङघले स्थापना कालदेखि नै ‘सबैका लागि गुणस्तरीय आँखा स्वास्थ्य सेवा’ उपलब्ध गराउने उद्देश्यका साथ मानवीय सेवा विस्तार गर्दै आएको छ। अस्पतालमा उपचार गराएर फर्किएका बिरामीको सन्तुष्टि र उनीहरूले आफ्ना परिवार तथा समुदायमा बाँड्ने सकारात्मक अनुभवले पनि नयाँ बिरामीलाई नेपालमा उपचारका लागि आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

स्वास्थ्य पर्यटनः स्वास्थ्य र अर्थतन्त्रलाई जोड्ने महत्वपूर्ण कडी

विश्वभर ‘मेडिकल टुरिज्म’ अर्थात् स्वास्थ्य पर्यटन उपचारका लागि एक देशबाट अर्को देश जाने प्रवृत्ति बढ्दो छ। विकसित तथा कतिपय छिमेकी मुलुकमा उपचार खर्च महँगो हुनु, लामो प्रतीक्षा अवधि तथा निश्चित विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध नहुनुका कारण बिरामीहरू गुणस्तरीय र तुलनात्मक रूपमा सुलभ उपचार उपलब्ध हुने देशतर्फ जाने एवं आकर्षित हुने गरेका छन्।

नेपालले यही अवसरलाई योजनाबद्ध रूपमा उपयोग गर्न सक्नु पर्छ र यसको सम्भावना पनि छ । विदेशी बिरामीले नेपालमा आएर अस्पतालमा उपचार शुल्क मात्र तिर्दैनन्, उनीहरू र उनीहरूसँग आउने परिवारका सदस्य वा सहयोगीले होटल, यातायात, खाना, औषधि, स्थानीय बजार तथा अन्य सेवामा पनि खर्च गर्छन्। कतिपयले उपचारसँगै नेपालका पर्यटकीय स्थल तथा धार्मिक गन्तव्यको भ्रमणसमेत गर्न सक्छन्।

सन् २०२५ मा मात्र संघको सञ्जालमार्फत नौ लाख ११ हजार ९८० जना अन्य देशका नागरिकहरुको आँखा परीक्षण गरी एक लाख ५३ हजार ८६ जना बिरामीको शल्यक्रिया गरिएको छ।

अन्तर्गतका संस्थाहरूले एक आवमै विदेशी बिरामीबाट रु एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा आर्जन गर्नुले यस सम्भावनालाई अझ स्पष्ट बनाएको छ। स्पष्ट नीति, अब्बल पूर्वाधार सहित चिकित्सकीय सेवा र अन्तरराष्ट्रिय प्रवर्द्धन गर्न सकिए स्वास्थ्य सेवा निर्यात नेपालको विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत बन्न सक्छ।

नेपालले अन्धोपन न्यूनीकरणमा बनाएको आफ्नै ‘मोडेल’ विश्वका लागि सिकाइ

सङ्घको स्थापना विसं २०३५ (सन् १९७८) मा नेपालबाट रोकथाम तथा उपचार गर्न सकिने अन्धोपन न्यूनीकरण गर्ने उद्देश्यले भएको हो। तत्कालीन परिस्थितिमा देशमा आधुनिक तथा विशेषज्ञ आँखा स्वास्थ्य सेवाको पहुँच अत्यन्त सीमितता थियो। यस्ता सेवा सुगम केन्द्रित थिए।

त्यसयता नेपालले आँखा स्वास्थ्य क्षेत्रमा लामो यात्रा तय गरेको छ। अस्पताल र आँखा उपचार केन्द्रको विस्तारसँगै समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रम, विद्यालयमा दृष्टि परीक्षण, मोतियाविन्दुको शल्यक्रिया, रेटिना तथा ग्लुकोमा सेवा, कर्नियासम्बन्धी उपचार, बाल आँखा स्वास्थ्य सेवा तथा विभिन्न विशेषज्ञ सेवाहरू विस्तार भएका छन्।

यस यात्राको महत्वपूर्ण पक्ष भनेको सेवा ठूला सहर र सुगममा मात्र केन्द्रित नराखी समुदाय र दुर्गम क्षेत्रसम्म पुर्याउने प्रयास हो। अस्पतालमा आउन नसक्ने नागरिकको घरघरमा, पायक पर्ने स्थानसम्म पुगेर आँखा परीक्षण गर्ने, आवश्यक बिरामीलाई उपचार तथा शल्यक्रियाका लागि ‘रेफर’ गर्ने, स्थानीय तहसम्म आँखा स्वास्थ्य सेवा विस्तार गर्ने र सबैका पहुँचमा आँखा स्वास्थ्य सेवा पुर्याउने ‘मोडेल’ले नेपालमा अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

सन् १९८१ मा ०.८४ प्रतिशत रहेको अन्धोपनको दर उल्लेखनीय रूपमा घटेर करिब ०.२८ प्रतिशतमा आएको छ। अब सरकारले नेपाल नेत्रज्योति सङघ तथा अन्य साझेदार संस्थासँगका सहकार्यमा राष्ट्रिय स्वास्थ्य रणनीतिअनुसार सन् २०३० सम्म यसलाई ०.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ।

यो लक्ष्य स्वास्थ्य क्षेत्रको सूचकमा आउने सुधार मात्र होइन । दृष्टि जोगिनु वा पुनः प्राप्त हुनु व्यक्तिको शिक्षा, रोजगारी, आयआर्जन, आत्मनिर्भरता र समग्र जीवनस्तरसँग प्रत्यक्ष जोडिएको विषय हो। एउटा व्यक्तिको दृष्टि फर्किंदा त्यसको सकारात्मक प्रभाव उसको परिवार र समुदायसम्म पुग्छ। अन्धकार अन्त्य हुँदा यसको समग्र प्रभाव देशको सामाजिक उन्नतिमा पर्दछ।

‘स्वास्थ्य सेवा निर्यात’ मा नेपालले नेतृत्व लिन सक्छ

विश्वका धेरै मुलुकले स्वास्थ्य पर्यटनलाई आफ्नो राष्ट्रिय आर्थिक रणनीतिको हिस्सा बनाइसकेका छन्। नेपालसँग पनि यस क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने केही बलिया आधार छन्–दक्ष चिकित्सकीय जनशक्ति, गुणस्तरीय उपचार सेवा, सफल उपचार परिणाम, तुलनात्मक रूपमा सस्तो लागत र लामो समयदेखि निर्माण भएको अन्तरराष्ट्रिय विश्वास।

यी आधारबाट बनेका विश्वासले नै गत असारको अन्तिम साता नेपाली राजदूतावास९कम्बोडिया समेत०को समन्वयमा संघले कम्बोडियाको कम्पोङचाम प्रान्तमा दुईदिने निःशुल्क आँखा उपचार शिविर सञ्चालन गर्यो।

एक हजार दुईसय कम्बोडियाली नागरिकले आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए। बाह्य देशमा आँखा स्वास्थ्य सेवा प्रदान गर्न नेपाली नेत्र विशेषज्ञ अब्बल छन् भन्ने कुरा यसबाट पुष्टि भएको छ ।

विशेषगरी आँखा उपचारका क्षेत्रमा नेपालले दक्षिण एसियाकै उत्कृष्ट सेवा केन्द्रका रूपमा आफूलाई थप विकास गर्ने सम्भावना बोकेको छ र बलियो पनि छ। यसका लागि स्वास्थ्य सेवा र पर्यटनलाई छुट्टाछुट्टै क्षेत्रका रूपमा मात्र नभई एकअर्कासँग जोडिएको सम्भावनाका रूपमा हेर्न आवश्यक छ।

 

प्रकाशित: २०८३ साउन ५ गते मङ्गलबार १०:३७
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, ‘ब्रेन गेन’तर्फ अघि बढ्ने तयारी

काठमाडौं । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौँ एनआरएन ग्लोबल...

१ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १ अर्ब रुपैयाँभन्दा बढीको उपकरण बिग्रिएर थन्केका छन्। ती उपकरण मर्मत सम्भारमा बेवास्ता गर्ने अस्पताल प्रशासनले बर्सेनि करोडौँ रुपैयाँका नयाँ उपकरण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना