२०८३ कार्तिक ११ गते मङ्गलबार

होर्मुजपछि बाब–अल–मन्देब जलमार्गमा अवरोध, तेल भाउ ब्यारेलको १०० डलर नजिक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ६
bab_al

काठमाडौं।पश्चिम एसियामा अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण बुधबार अन्तरर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ।

गत सातादेखि अमेरिका र इरानबीचको सैन्य टकराव चर्किएसँगै विश्वको समुद्री तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने हर्मुज जलसन्धिमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढेको हो।

अन्तरर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रुडमा प्रतिब्यारेल ९२.२६ डलर पुगेको छ। यो वृद्धि अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा थप हवाई आक्रमण गरेपछि तथा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमण गरेपछि भएको हो।

इरानको सबैभन्दा शक्तिशाली हतियार कसरी बन्न पुग्यो होर्मुज जलमार्ग?

बजारमा बढ्दो भू–राजनीतिक तनावसँगै लगानीकर्ताहरू आर्थिक दृष्टिकोणबारे अन्योलमा छन्। उच्च तेल मूल्यले मुद्रास्फीति फेरि बढ्न सक्ने र केन्द्रीय बैंकहरुको ब्याजदर कटौतीको योजनामा छन्।

केही दिन यता इरान समर्थित यमनका हुथी विद्रोहीहरूको धम्कीपछि साउदी अरबबाट तेल बोकेर भारत र चीनतर्फ गइरहेका दुईवटा तेल ट्यांकरले लाल सागरमा बाटो बदलेर आफ्नो मार्ग परिवर्तन गरेका समाचारहरु आइरहेका छन्। हुथी विद्रोहीहरूले सोमबार साउदी अरबविरुद्ध नौसैनिक नाकाबन्दीको घोषणा गरेका थिए।

होर्मुजपछि हुथी विद्रोहीलाई लाल सागर अवरुद्ध गर्न उक्साउँदै इरान,कच्चा तेल आपूर्तिमा थप समस्या आउने!

दुवै जहाज बाब–अल–मन्देब जलमार्गतर्फ अघि बढिरहे पनि यमनका इरान समर्थित हुथी विद्रोहीहरूको धम्कीपछि फर्किएर स्वेज नहरतर्फ मोडिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका बन्दरगाह अवरुद्ध गर्ने चेतावनी दिएपछि तनाव थप बढेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो प्रयास भए त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन्। साउदी अरेबियाले पनि हुथीहरूको धम्कीको कडा निन्दा गरेको छ।

समुद्री सुरक्षा कम्पनी भ्यानगार्ड टेकका अनुसार साउदी अरेबियाको यानबु बन्दरगाहबाट कच्चा तेल बोकेर निस्किएका दुई ट्याङ्करले लाल सागरमा मार्ग परिवर्तन गरेका छन्। विश्लेषकहरूका अनुसार हुथीहरूले साउदी तेल निर्यात मार्गमा अवरोध पुर्‍याउन सफल भए विश्व ऊर्जा बजारमा गम्भीर असर पर्न सक्छ।

होर्मुज जलमार्ग नियन्त्रणमा लिन अमेरिका–इरानबीच रस्साकस्सी

चिनियाँ तेल ट्यांकर ‘सिन लोङ याङ’ साउदी अरबको यन्बु बन्दरगाहबाट करिब २० लाख ब्यारेल कच्चा तेल बोकेर चीनका लागि प्रस्थान गरेको थियो। जहाज मंगलबार बिहान बाब–अल–मन्देब जलमार्ग पुग्नुअघि नै रोकिएको थियो। भारततर्फ गइरहेको अर्को ट्यांकरले पनि त्यसैगरी आफ्नो मार्ग परिवर्तन गर्दै उत्तरतर्फ लागेको छ।

होर्मुज जलमार्ग बन्द भएपछि साउदीले आफ्नो ‘इस्ट–वेस्ट पाइपलाइन’मार्फत कच्चा तेललाई लाल सागरस्थित यन्बु बन्दरगाहसम्म पुर्‍याएर त्यहाँबाट एसियाली देशहरूमा पठाइरहेको छ।

जहाजहरूले बाब–अल–मन्देबको मार्ग प्रयोग गर्न छाडे भने उनीहरूले स्वेज नहर हुँदै अफ्रिकाको लामो समुद्री मार्ग प्रयोग गर्नुपर्नेछ। यसले हजारौं माइल दुरी यात्रा गर्दा समय र ढुवानी लागत बढ्ने भएको छ।

 

प्रकाशित: २०८३ साउन ६ गते बुधबार १०:५६
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना