२०८३ कार्तिक ११ गते मङ्गलबार

इरान युद्धमा अमेरिकाको साढे ३७ अर्ब डलर खर्च, थप अर्बौं डलर चाहिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ६
us_iran

तेहरान,एएफपी। इरानसँग जारी युद्धमा हालसम्म ३७ अर्ब ५० करोड डलर खर्च भइसकेको छ। अमेरिकाले तेहरान र अन्य क्षेत्रमा बुधबार पुनः अमेरिकी हवाई आक्रमण भएको छ। यससँगै इरानले हवाई सुरक्षा प्रणाली सक्रिय पारेको छ भने दुवै पक्षबीचको तनाव अझ चर्किएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अझै समाप्त नभएको र अहिले नै सैन्य कारबाही रोक्ने अवस्था नरहेको बताएका छन्। उता, अमेरिकी रक्षा मन्त्रालयका प्रमुख पीट हेग्सेथले युद्ध सञ्चालनमा हालसम्म ३७ अर्ब ५० करोड डलर खर्च भइसकेको जानकारी दिँदै सेनाका लागि थप अर्बौं डलर बजेट आवश्यक रहेको बताएका छन्।

अमेरिकी सेनाले लगातार ११ औं रात इरानमाथि आक्रमण गरेको पुष्टि गर्दै हर्मुज जलघाँटी हुँदै सञ्चालन हुने व्यापारिक जहाजलाई जोखिममा पार्ने इरानी सैन्य क्षमतालाई कमजोर बनाउने उद्देश्यले सैन्य रसद संरचनालाई निशाना बनाइएको जनाएको छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आणविक ऊर्जा केन्द्र रहेको बुसेहरसहित विभिन्न क्षेत्रमा आक्रमण भएको छ भने तेहरानको पश्चिम, पूर्व र उत्तरपूर्वी क्षेत्रमा हवाई सुरक्षा प्रणाली सक्रिय भएको आवाज सुनिएको थियो।

हर्मुज जलघाँटीमा सुरु भएको द्वन्द्व विस्तार हुँदै मध्यपूर्वका अन्य रणनीतिक समुद्री मार्गसम्म पुगेको छ। यसले विश्वव्यापी तेल आपूर्ति र अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको विश्लेषण गरिएको छ।

ट्रम्पले अर्को सम्भावित अमेरिकी लक्ष्य नतान्ज नजिक रहेको ‘पिक्याक्स माउन्टेन’ नामक भूमिगत आणविक परिसर हुन सक्ने संकेत गरेका छन्। पश्चिमी गुप्तचर निकायहरूले उक्त क्षेत्रमा इरानले अघोषित युरेनियम संवर्धन केन्द्र निर्माण गरिरहेको आशंका व्यक्त गर्दै आएका छन्।

यसको प्रतिक्रिया स्वरूप इरानले अमेरिकी तथा उसका सहयोगी मुलुकका हितमाथि थप आक्रमण गर्ने चेतावनी दिएको छ। खताम अल–अन्बिया सैन्य कमान्डले सम्भावित नयाँ अमेरिकी आक्रमणलाई क्षेत्रीय युद्ध विस्तारका रूपमा लिइने र त्यसको जवाफ अमेरिका, उसका सहयोगी तथा समर्थकका सम्पत्तिमाथि आक्रमणमार्फत दिइने जनाएको छ।

यता, कुवेतले बुधबार इरानबाट आएको भनिएको ड्रोन आक्रमणलाई आफ्नो हवाई सुरक्षा प्रणालीले निष्क्रिय पारेको जनाएको छ। बहराइनले पनि इरानी आक्रमणहरू रोकिएको दाबी गरेको छ भने कुवेत र जोर्डनले ड्रोन तथा मिसाइल आक्रमण विफल बनाएको बताएका छन्। इरानी सेनाले कुवेत र बहराइनमा रहेका अमेरिकी हवाई सुरक्षा प्रणाली, राडार तथा प्रशासनिक संरचनालाई निशाना बनाएको जनाएको छ।

इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका बन्दरगाह अवरुद्ध गर्ने चेतावनी दिएपछि तनाव थप बढेको छ। राष्ट्रपति ट्रम्पले यस्तो प्रयास भए त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन्। साउदी अरेबियाले पनि हुथीहरूको धम्कीको कडा निन्दा गरेको छ।

समुद्री सुरक्षा कम्पनी भ्यानगार्ड टेकका अनुसार साउदी अरेबियाको यानबु बन्दरगाहबाट कच्चा तेल बोकेर निस्किएका दुई ट्याङ्करले लाल सागरमा मार्ग परिवर्तन गरेका छन्। विश्लेषकहरूका अनुसार हुथीहरूले साउदी तेल निर्यात मार्गमा अवरोध पुर्‍याउन सफल भए विश्व ऊर्जा बजारमा गम्भीर असर पर्न सक्छ।

यसैबीच, इरानी रिभोलुसनरी गार्ड्सले हर्मुज जलघाँटी पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्कर विस्फोटमा परेर ठप्प भएको दाबी गरेको छ। बेलायतको युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ) ले पनि ओमानको तट नजिक एउटा ट्याङ्करमा अज्ञात प्रक्षेप्य ठोक्किएको जनाएको छ।

युद्ध चर्किए पनि कूटनीतिक सम्पर्क भने पूर्ण रूपमा रोकिएको छैन। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मध्यस्थकर्तामार्फत अमेरिकासँग संवाद जारी रहेको जानकारी दिएका छन्ु। यसैक्रममा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले इरानका गृहमन्त्री एस्कन्दर मोमेनीसँग भेट गर्दै सबै पक्षलाई संयम अपनाउन र मध्यपूर्वलाई थप अस्थिर बनाउने गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्।

प्रकाशित: २०८३ साउन ६ गते बुधबार १२:३८
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना