२०८३ कार्तिक ११ गते मङ्गलबार

हर्मुज जलमार्ग खुला राख्न आसियानको अनुरोध

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
hormuz_11

मनिला,एएफपी। अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा बढ्दो जोखिम देखिएपछि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले अन्तर्राष्ट्रिय जलघाँटीमा निर्बाध आवागमन र नौवहन स्वतन्त्रता सुनिश्चित गर्न आह्वान गर्ने भएको छ। मनिलामा सम्पन्न विदेशमन्त्रीस्तरीय बैठकपछि जारी हुने मस्यौदा संयुक्त वक्तव्यमा हर्मुज जलघाँटी खुला राख्नुपर्नेमा विशेष जोड दिइएको छ।

मस्यौदा वक्तव्यमा मध्यपूर्वको द्वन्द्व थप नचर्काउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ। साथै, अन्तर्राष्ट्रिय जलघाँटीमा जहाज र हवाई उडानको स्वतन्त्र आवागमन सुनिश्चित गरिनुपर्ने विषयलाई पहिलोपटक स्पष्ट रूपमा समावेश गरिएको छ।

आसियान बैठकमा सहभागी हुन मनिला पुगेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले हर्मुज जलघाँटी नियन्त्रणमा राख्नु अन्तर्राष्ट्रिय समुद्री आवागमनका लागि खतरनाक नजिर बन्न सक्ने चेतावनी दिए। उनले नौवहन स्वतन्त्रता अन्तर्राष्ट्रिय व्यवस्थाको आधारभूत सिद्धान्त भएको उल्लेख गरे।

अमेरिका र इजरायलको आक्रमणपछि हर्मुज जलघाँटी प्रभावकारी रूपमा बन्द हुँदा ऊर्जा आयातमा निर्भर दक्षिणपूर्वी एसियाली मुलुकहरू प्रत्यक्ष प्रभावित भएका छन्। इन्धन अभाव र मूल्यवृद्धिका कारण फिलिपिन्सले राष्ट्रिय आपतकालसमेत घोषणा गरिसकेको छ।

यद्यपि मस्यौदा वक्तव्यमा क्षेत्रीय ऊर्जा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको भए पनि साझा ऊर्जा ग्रिड वा इन्धन साझेदारी योजनाजस्ता यसअघि प्रस्तावित कार्यक्रमबारे कुनै नयाँ प्रगति उल्लेख गरिएको छैन।

दक्षिणपूर्वी एसिया विश्वका अत्यधिक व्यस्त समुद्री मार्ग मलक्का जलघाँटी र सिङ्गापुर जलघाँटीको केन्द्रमा रहेको क्षेत्र हो। त्यसैले अन्तर्राष्ट्रिय समुद्री व्यापारमा अवरोध उत्पन्न हुँदा यस क्षेत्रका अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने विश्लेषण गरिएको छ।

यसैबीच, बैठक सुरु हुनुअघि विवादित दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच नयाँ तनाव उत्पन्न भएको थियो। त्यसका बाबजुद मनिलास्थित चिनियाँ राजदूत जिङ क्वानले दक्षिण चीन सागरका लागि आचारसंहिता निर्माणसम्बन्धी वार्ता निर्धारित समयमै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

मलेसियाका विदेशमन्त्री मोहम्मद हसनले पनि आगामी नोभेम्बरमा हुने आसियान शिखर सम्मेलनअघि आचारसंहितासम्बन्धी सहमति हुने अपेक्षा व्यक्त गर्नुभएको छ।

चिनियाँ पक्षले प्रस्तावित आचारसंहिता द्विपक्षीय क्षेत्रीय विवाद समाधानका लागि नभई समुद्री गतिविधिका साझा आचरणका नियम तय गर्न केन्द्रित हुने जनाएको छ। यद्यपि विश्लेषकहरूले चीन र आसियानका सबै सदस्य राष्ट्रलाई स्वीकार्य बनाइने यस्तो दस्तावेज प्रभावकारी कार्यान्वयनका दृष्टिले कमजोर हुन सक्ने चेतावनी दिएका छन्।

प्रकाशित: २०८३ साउन ७ गते बिहिबार ०६:१५
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना