काठमाडौं– गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित चिलिङकोटमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु र १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। सहिद लखन पालिका–५ ताक्लुङबाट सोही गाउँपालिका वडा नम्बर ३ चिलिङकोटस्थित केटी पक्षको घरमा गएर टीकाटालो गरेर फर्किंदै गरेको जिप गए राती दुर्घटनामा परेको हो।
घाइते १२ जनालाई आबुखैरेनी अस्पताल लगिएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए। बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर गाडी दुर्घटना प्रारम्भिक सूचना आएको छ। गाडीमा १९–२० जना सवार रहेको भन्ने खुलेको छ,’ प्रजिअ ढकालले भने।
बिहीबार राती १ बजे गाडी दुर्घटनामा परेको प्रहरीले बताएको छ। दुर्घटनास्थलमा खोज तथा उद्धार जारी छ। मृतकको पहिचान खुल्न बाँकी छ।तीन वटा गाडी लिएर केटीको घर टीकाटालो गर्न गएको केटा पक्षको गाडी दुर्घटनामा परेको हो।
तीन गाडीमध्ये एउटा गाडी गए राती १ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। गाडीमा करिब २० जना जति सवार रहेको प्रहरीको प्रारम्भिव अनुमान छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ।


