काठमाडौं– गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित चिलिङकोटमा जिप दुर्घटना मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। दुर्घटनामा परेर १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि चितवन लगिएको छ।
सहिद लखन पालिका–५ ताक्लुङबाट सोही गाउँपालिका वडा नम्बर ३ चिलिङकोटस्थित केटी पक्षको घरमा गएर टीकाटालो गरेर फर्किंदै गरेको जिप गए राती दुर्घटनामा परेको थियो। सहिद लखन पालिका–५ ताक्लुङबाट सोही गाउँपालिका वडा नम्बर ३ चिलिङकोटस्थित केटी पक्षको घरमा गएर टीकाटालो गरेर फर्किंदै गरेको जिप गए राती दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन्। दुर्घटनामा परी सहिद लखन गाउँपालिका–५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नवीना थापा तथा सहिद लखन–४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घटनास्थलमा रहेका गोरखाका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताएका हुन्।
सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राती दुर्घटनामा परेको हो।


