काठमाडौँः नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।


