२०८३ कार्तिक १२ गते बुधबार

सवा ३ अर्बमा चुन्नप्रसाद शर्माले पाँचतारे होटल स्याफ्रन बनाउँदै, हायात रिजेन्सी ब्राण्डमा चल्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १४
New Project – 2026-07-30T114806.848

काठमाडौँ: बुद्धको जन्मस्थल लुम्बिनीको बुटवल र भैरहवा क्षेत्रमा अर्बौं रुपैयाँ लगानीमा पाँचतारे स्तरका होटल धमाधम सञ्चालनमा आइरहेका छन्। उक्त क्षेत्रमा नयाँ होटल आउने क्रम पनि बढेको छ। यस्तै बुटबलका व्यवसायी चुन्नप्रसाद शर्माले तीन अर्ब १५ करोड रुपैयाँ लगानीमा पाँचतारे होटल

स्याफ्रन सीके सञ्चालनमा ल्याउन लागेका छन्। हाल स्याफ्रन सीकेको निर्माण जारी छ। होटल स्याफ्रन सीकेमा १०९ कोठाहरू हुने भएका छन्।

होटलमा ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। जसमध्ये दुई अर्ब १९ करोड रुपैयाँ ऋण र बाँकी स्वपुँजीबाट जुटाइएको छ।

यसअघि होटल परियोजनाको कुल अनुमानित लागत तीन अर्ब नौ करोड रुपैयाँ थियो। ६० प्रतिशत ऋण र ४० प्रतिशत इक्विटी अनुपातमा एक अर्ब ८५ करोड रुपैयाँ ऋण र एक अर्ब २४ रुपैयाँ इक्विटीमार्फत लगानी गर्ने प्रस्ताव गरिएको थियो। होटलले क्यासिनो परियोजनाका लागि छुट्टै जग्गा र भवनको व्यवस्था गर्दा लागत थपिएको स्याफ्रन सीकेले जनाएको छ।

जग्गाको ल्यान्डस्केपिङ (सौन्दर्यकरण) तथा उचित ढल निकास र सडक निर्माणका कारण पनि लागत बढेको हो। यसका अतिरिक्त, होटलले अन्तराष्ट्रिय ब्राण्ड हायात इन्टरनेसनलसँग सम्झौता गरेकाले फर्निचरको गुणस्तरलाई ब्रान्डको मापदण्डअनुसार पुनरावलोकन गरी समायोजन गरिएको छ। ऋणको व्यवस्थापन पूर्ण रूपमा सुनिश्चित भइसकेको छ।

उच्चस्तरीय होटल निर्माणमा तीनदेखि चार वर्षसम्मको समय लाग्ने गरेको छ। होटल सञ्चालनलाई स्थिर अवस्थामा ल्याउन थप दुईदेखि तीन वर्ष लाग्ने गरेको छ।

होटलका अध्यक्ष शर्मासँग विभिन्न क्षेत्रमा करिब चार दशक लामो व्यवसायिक अनुभव छ। उनी अन्य विभिन्न व्यवसायहरूमा अध्यक्ष तथा सञ्चालकको भूमिकामा छन्। उनी यशोदा फुड्सका अध्यक्ष तथा सोना प्याकेजिङ प्राइभेट लिमिटेडका सञ्चालक छन्।

त्यसैगरी, कम्पनीका अन्य सञ्चालकहरूको पनि उत्पादन, प्याकेजिङ, मसला, घरजग्गा (रियल इस्टेट) लगायतका विविध व्यावसायिक क्षेत्रमा बलियो उपस्थिति रहेको छ। उनले उत्पादन गरेको करेन्ट चाउचाउ लोकप्रियताको शिखरमा पुगेको छ।

कम्पनीले हायात रिजेन्सी ब्रान्डअन्तर्गत होटलको सञ्चालन व्यवस्थापन गर्न हायात होटल्स कर्पोरेशनको सहयोगी संस्था हायात इन्टरनेसनल साउथ वेस्ट एसिया लिमिटेडसँग होटल व्यवस्थापन सम्झौता गरेको छ। विश्वको एक अग्रणी हस्पिटालिटी कम्पनी हायातसँग ७६ भन्दा बढी देशहरूमा २० वटा उत्कृष्ट ब्रान्डहरू र १३ सय भन्दा बढी होटल सम्पत्तिहरूको सञ्जाल रहेको छ।

यी सबै कुराले होटलमा पाहुनाहरूको बुकिङ बढाउन तथा आम्दानीका सकारात्मक सूचकहरू हासिल गर्न योगदान पुर्याउनेछ। यसका साथै, विश्वस्तरीय ब्रान्ड हायात रिजेन्सीसँगको आबद्धताले स्याफ्रन सीकेको विश्वव्यापी व्यावसायिक प्रतिष्ठा अभिवृद्धि गर्ने तथा ब्रान्ड विशेष भुमिका हुनेछ। जुन कम्पनीको आम्दानीको सम्भावनाका लागि निकै सकारात्मक पक्ष हो।

यसअघि होटल २०२४ को अप्रिलमा सञ्चालनमा ल्याउने योजना थियो।

होटल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ किलोमिटरको दुरीमा रहेको छ। नेपाल–भारत सीमानाबाट बुटबलस्थित होटलमा पुग्न २६ किलोमिटर दुरी रहेको छ। होटल साइटमा प्रस्तावित बुटवल मण्डपको अगाडी १० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र रहेको छ।

पाँचतारे स्तरको होटलमा रेष्टुरेन्ट, स्विमिङ पुल, सम्मेलन र ब्याङकेट हल, स्पा र अन्य सुविधाहरू रहेका छन्। होटल २०१८ को नोभेम्बर २१ मा स्थापना भएको हो।

प्रकाशित: २०८३ साउन १४ गते बिहिबार १२:०२
प्रतिक्रिया

थप समाचार

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना