२०८३ कार्तिक ११ गते मङ्गलबार

बाह्य लगानी भित्र्याउने विवादस्पद प्रस्ताव फिफाद्वारा फिर्ता,कारोबारको मूल्यांकन २० अर्ब डलर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १६
fifa_chair

काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यावसायिक कारोबारमा बाह्य लगानी भित्र्याउने विवादास्पद प्रस्ताव फिर्ता लिएको छ। सदस्य राष्ट्र तथा फुटबल संघहरूको तीव्र विरोधपछि फिफाले उक्त योजना अघि नबढाउने निर्णय गरेको हो।

फिफाले विश्वकपसहितका आफ्ना प्रमुख प्रतियोगिताको व्यावसायिक व्यवस्थापन गर्न छुट्टै संस्था स्थापना गरी त्यसमा करिब २० प्रतिशत हिस्सा बिक्री गर्ने प्रस्ताव अघि सारेको थियो। यसमार्फत ४ अर्ब २० करोड डलरसम्म जुटाउने लक्ष्य राखिएको थियो। प्रस्तावअनुसार नयाँ संस्थाको मूल्यांकन २० अर्ब डलर हुने अनुमान गरिएको थियो।

मंगलबार सार्वजनिक गरिएको उक्त प्रस्तावले विशेषगरी युरोपेली फुटबल महासंघ (युइएफए) को कडा विरोध खेपेको थियो। युइएफएले बिहीबार योजनाको बहिष्कार गर्ने निर्णय गर्दै बाह्य लगानीकर्तालाई व्यावसायिक अधिकार बेच्ने प्रयासले फुटबलको ‘आत्मा नै बिक्री गर्न खोजिएको’ आरोप लगाएको थियो।

विरोध बढेपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रस्ताव कार्यान्वयन नगर्ने घोषणा गरेका छन्। उनले विभिन्न पक्षका धारणा सुनेपछि उक्त परियोजनाले अनावश्यक विभाजन सिर्जना गरेको निष्कर्षमा पुगिएको बताए।

‘हाम्रो उद्देश्य सधैं फुटबललाई एकताबद्ध बनाउने र यसको विकास गर्ने नै हो। त्यसैले यो प्रस्ताव अब अघि बढाइने छैन,’ इन्फान्टिनोले विज्ञप्तिमा उल्लेख गरेका छन्। यसैबीच, शुक्रबार नै इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस र्कोडिरोले तत्काल पदबाट राजीनामा दिएका छन्। उनले उक्त प्रस्तावलाई ‘फुटबलका लागि खराब सम्झौता’ भएको बताएका थिए।

फिफाका प्रमुख सञ्चालन अधिकृत को केभिन लोमुअरले पनि योजनाको आलोचना गर्दै कर्मचारीहरूलाई भ्रममा पारिएको र यो ‘एक व्यक्तिको परियोजना’ भएको टिप्पणी गरेका छन्।

फुटबलको व्यावसायिक भविष्यसँग जोडिएको यस प्रस्तावलाई फिर्ता लिएसँगै फिफाले अब सदस्य संघहरूबीच सहमति कायम गर्दै विश्व फुटबलको विकासका लागि नयाँ रणनीति खोज्ने संकेत दिएको छ। एएनआई

प्रकाशित: २०८३ साउन १६ गते शनिवार ०८:५४
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना