२०८३ साउन २७ गते बुधबार

बाह्य लगानी भित्र्याउने विवादस्पद प्रस्ताव फिफाद्वारा फिर्ता,कारोबारको मूल्यांकन २० अर्ब डलर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १६
fifa_chair

काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यावसायिक कारोबारमा बाह्य लगानी भित्र्याउने विवादास्पद प्रस्ताव फिर्ता लिएको छ। सदस्य राष्ट्र तथा फुटबल संघहरूको तीव्र विरोधपछि फिफाले उक्त योजना अघि नबढाउने निर्णय गरेको हो।

फिफाले विश्वकपसहितका आफ्ना प्रमुख प्रतियोगिताको व्यावसायिक व्यवस्थापन गर्न छुट्टै संस्था स्थापना गरी त्यसमा करिब २० प्रतिशत हिस्सा बिक्री गर्ने प्रस्ताव अघि सारेको थियो। यसमार्फत ४ अर्ब २० करोड डलरसम्म जुटाउने लक्ष्य राखिएको थियो। प्रस्तावअनुसार नयाँ संस्थाको मूल्यांकन २० अर्ब डलर हुने अनुमान गरिएको थियो।

मंगलबार सार्वजनिक गरिएको उक्त प्रस्तावले विशेषगरी युरोपेली फुटबल महासंघ (युइएफए) को कडा विरोध खेपेको थियो। युइएफएले बिहीबार योजनाको बहिष्कार गर्ने निर्णय गर्दै बाह्य लगानीकर्तालाई व्यावसायिक अधिकार बेच्ने प्रयासले फुटबलको ‘आत्मा नै बिक्री गर्न खोजिएको’ आरोप लगाएको थियो।

विरोध बढेपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रस्ताव कार्यान्वयन नगर्ने घोषणा गरेका छन्। उनले विभिन्न पक्षका धारणा सुनेपछि उक्त परियोजनाले अनावश्यक विभाजन सिर्जना गरेको निष्कर्षमा पुगिएको बताए।

‘हाम्रो उद्देश्य सधैं फुटबललाई एकताबद्ध बनाउने र यसको विकास गर्ने नै हो। त्यसैले यो प्रस्ताव अब अघि बढाइने छैन,’ इन्फान्टिनोले विज्ञप्तिमा उल्लेख गरेका छन्। यसैबीच, शुक्रबार नै इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस र्कोडिरोले तत्काल पदबाट राजीनामा दिएका छन्। उनले उक्त प्रस्तावलाई ‘फुटबलका लागि खराब सम्झौता’ भएको बताएका थिए।

फिफाका प्रमुख सञ्चालन अधिकृत को केभिन लोमुअरले पनि योजनाको आलोचना गर्दै कर्मचारीहरूलाई भ्रममा पारिएको र यो ‘एक व्यक्तिको परियोजना’ भएको टिप्पणी गरेका छन्।

फुटबलको व्यावसायिक भविष्यसँग जोडिएको यस प्रस्तावलाई फिर्ता लिएसँगै फिफाले अब सदस्य संघहरूबीच सहमति कायम गर्दै विश्व फुटबलको विकासका लागि नयाँ रणनीति खोज्ने संकेत दिएको छ। एएनआई

प्रकाशित: २०८३ साउन १६ गते शनिवार ०८:५४
प्रतिक्रिया

थप समाचार

‘सरकारले निजी क्षेत्रलाई विश्वास नगरे, निजी क्षेत्रले पनि सरकारलाई गर्दैन’

काठमाडौँ: नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)की अध्यक्ष ऋतु सिंह वैद्यले सरकारले निजी क्षेत्रलाई विश्वास नगर्ने हो भने निजी क्षेत्रले पनि सरकारलाई विश्वास नगर्ने...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

काठमाडौं। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो स्थानीय रूपमा समर्थित प्लेटफर्म हो जसले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँमा उपलब्ध गराउँछ। यो सेवा नेपालभरिका...

एम बैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

काठमाडौँ: नेपालको अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को-अपरेटिभ लिमिटेड (एनएमसी-कोअप) बीच एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा एउटै प्लेटफर्ममार्फत...

एकैदिन तोलामा ६ हजार ४०० ले बढ्यो सुनको मूल्य, तोलाको कति?

काठमाडौँ: नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार चार सय रूपैयाँले बढेर तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको...

नीतिगत विभेद भएको एनसेलको दाबी: ‘नवीकरण गर्न हामीलाई २० अर्ब, अरुलाई ३ लाख मात्रै?’

सरकार र नियामक निकायले अपनाएको दोहोरो मापदण्डका कारण व्यावसायिक वातावरण बिग्रँदै गएको तथा शुल्क तिर्छु भन्दा पनि आफूले फ्रिक्वेन्सी नपाएको एनसेलको भनाइ छ।
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना