काठमाडौँ- कृषि विकास बैंकले असार मसान्तसम्म बुझाउनुपर्ने कर्जाको ब्याजमा ७ प्रतिशतसम्म छुट दिने भएको छ। बैंकले असार मसान्त सम्म बैंकलाई बुझाउनु पर्ने सम्पूर्ण ब्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको ब्याज रकममा ७ प्रतिशत छुट दिने बैंकले जनाएको छ।
अर्थतन्त्रमा देखिएको मन्दीका कारण कर्जा तथा साँवा ब्याज भुक्तानीमा देखिएको समस्यालाई ध्यानमा राखेर बैंकले उक्त योजना सार्वजनिक गरेको हो। ऋणीहरुलाई कर्जाको साँवा ब्याज भुक्तानीमा समस्या पर्दा बैंकको कर्जा असुलीमा परेको दबाबलाई कम गर्न कृषि विकास बैंकले यस्तो नीति लिएको हो।
यसबैंकको दुर्गम तथा ग्रामीण इलाकामा बसोवास गर्ने र कृषि पेसामा आबद्ध परिवार करिब ८० प्रतिशतभन्दा बढी कर्जा लगानी रहेको छ। उक्त छुटबाट कृषक, साना तथा मझौला उद्योगी व्यवसायी लाभान्वित हुने बैंकले अपेक्षा लिएको छ।


